काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिना मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप दुर्ई खर्ब ६३ अर्ब ७२ करोड अर्थात् ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ११ अर्ब १५ करोड अर्थात् २.२ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार २०८० मंसिरमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १५.० प्रतिशतले बढेको छ । २०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.३, २६.३ र ६०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.६, २५.७ र ६०.३ प्रतिशत थियो ।
मंसिरमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ ।
२०८० मंसिरमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७ प्रतिशत रहेको छ । २०७९ मंसिरमा यस्तो निक्षेपको अंश ३७.२ प्रतिशत थियो । त्यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब १० अर्ब छ करोड अर्थात् २.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७३ अर्ब ३० करोड अर्थात् १.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० मंसिरमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.५ प्रतिशतले बढेको छ ।
२०८० मंसिरमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ र ३५.९ प्रतिशत थियो । सो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह २.३, विकास बैंकको २.२ र वित्त कम्पनीको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।
२०८० मंसिरमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) सुरक्षणका रूपमा रहेको छ भने ६७.७ प्रतिशत कर्जाका लागि घरजग्गा धितो सुरक्षण रहेको छ । २०७९ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ र ६६.८ प्रतिशत थियो । आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.३, निर्माण क्षेत्रतर्फको कर्जा ८.१, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.५, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ र उपभोग्य क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १०.३, नगद प्रवाह कर्जा १४.५, ट्रष्ट रिसिट (आयात) कर्जा १४.५, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.१ र मार्जिन प्रकृतिको कर्जा ६.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४०.६ प्रतिशत (पछिल्लो वर्षको कर्जाको पुनर्वर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९.० प्रतिशतले घटेको छ ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट स्थायी तरलता सुविधामार्फत् एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत् दुई खर्ब ८९ अर्ब ५१ करोड गरी कुल दुई खर्ब ९० अर्ब ७१ करोड तरलता उपयोग गरेका छन् भने निक्षेप संकलन बोलकबोलमार्फत् एक खर्ब २७ अर्ब २५ करोड तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच