गुल्मीमा योग दिवस मनाइयो

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीमा पनि नवौं राष्ट्रिय योग दिवस मनाइएको छ । “गरौं योग रहौं निरोग” भन्ने मुख्य नारासहित गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला प्रशासन कार्यालय र पतञ्जली योग समिति गुल्मीको संयुक्त आयोजनामा तम्घास बालमन्दिरमा नवौं राष्ट्रिय योग दिवस मनाइएको हो ।

त्यस अवसरमा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जिल्लालाई योगमय बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले जिल्लामा सुरक्षा निकायसँगको समन्वयमा प्रहरीरुलाई सक्रिय बनाएर योगको माध्यमबाट सकरात्मक सोचको विकास गरि आत्महत्या न्यूनिकरण गर्ने उदेश्यले योगलाई मानव जिवनको दैनिकीसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

सकरात्मक सोचको विकासका लागि समाज सुधार र सम्मुन्नत समाज निमार्णका लागि पनि योग आवश्यक रहेको उल्लेख गर्नुभयो । हालैमात्र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न यस जिल्लामा आउनुभएका उहाँलाई पतञ्जली योग समितिले स्वागतसमेत गरेको थियो ।

योग अभ्यास गरेर गुल्मी जिल्लामा नवौं राष्ट्रिय योग दिवस मनाइएको छ । गाउँ–गाउँमा पनि शिक्षकहरुमा माध्यमबाट योग पु¥याउने उदेश्य रहेको पतञ्जली योग समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।

तत्कालै योग कक्षा सञ्चालनका लागि नयाँगाउँ माध्यमिक विद्यालयमा दुई जना प्रशिक्षक पठाइने भएको छ । आगामी दिनमा जिल्लामा वृहत् योग शिविर सञ्चालन गर्ने उदेश्य रहेको भन्दै उहाँले जिल्लाका सबै स्थानीय तहमा योग पु¥याउन जनप्रतिनिधिलाई आग्रह गरिने बताउनुभयो । यता, सदरमुकाम तम्घासको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई दैनिक योग अभ्यास गराउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?