सर्वोच्चको आदेशका कारण सडक बिस्तार रोकियो : मन्त्री झाँक्री

Read Time = 2 mins

काठमाडौं ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक बिस्तारका काम रोकिएका बताउनुभएको छ ।
आईतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले सडक बिस्तारको काम सर्वोच्च अदालतको आदेशका कारण रोकिएको बताउनुभएको हो । उहाँले शहरभित्र र बाहिरको लागि छुट्टाछुट्टै योजना बनाएर सडक बिस्तारको काम गर्नुपर्ने बताउनु भयो ।

मन्त्री झाँक्रीले सबै मन्त्रालयसँग छलफल गरेर शहरभित्र र बाहिरको सडक बिस्तारको योजना मन्त्रालयले बनाएको बताउनु भयो । उहाँले कुन ठाउँमा इकोनोमिक जोइनिङहरु बनाउने ? कहाँ फाइनान्सियल हब बनाउने भन्ने कुराको योजना बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।

मन्त्री झाँक्रीले वागमती, विष्णुमती जस्ता काठमाडौंका नदीमा जलचरको जीवन नै नरहेको भन्दै यसलाई व्यवस्थित र सफा गर्नुपर्ने बताउनु भयो । उहाँले जनता आवासमार्फत संघीय सरकारले जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?