मार्सी धानमा ब्लास्ट रोग लागेपछि किसान चिन्तित

हिमालय टाइम्स
Read Time = 3 mins

-विजय रावत

जुम्ला । जुम्लामा मात्रै उत्पादन हुने मार्सि धानमा ब्लास्ट रोग लागेपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको तातोपानी गाउँपालिका-४ स्थित गौतमवाडामा रहेको धानको ज्युलो (खेत) मा ब्लास्ट रोग लागेपछि सो वडाका किसान चिन्तित भएका छन् ।

ब्लास्टले धानको बोट नै मर्न थालेकाले छ । असारमा रोपेको मार्सीमा ब्लास्ट देखिएपछि गौतमवाडाका किसान मर्कामा परेका छन् । धानमा ब्लास्ट लागेकाले कृषि विकास कार्यालय जुम्लामा समस्या लिएर आएको किसान भावना पाध्यायले बताउनुभयो । ५ जनाको धानखेतमा यस्तो समस्या देखिएको छ । सबैले काली मार्सी लगाएका थियौँ । एकजनाको ५ देखि १५ भारीसम्मका खेत छन् ।

काली मार्सीमा ब्लास्ट संक्रमण फैलिएकाले समयमै उपचार गरी बाली जोगाइदिन कृषि विकास कार्यालयलाई आग्रह गरेका छौं ।’ तातोपानी-४ कै अर्की किसान जानकी गौतमले धानको गुभो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको जानकारी दिनुभयो । ‘हाम्रो पहिचानको रुपमा रहेको मुख्य बाली नै काली मार्सी हो । वेलैमा उपचार नभए हाम्रो परिश्रम नै खेर जान्छ।’ कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीकाले बताउनुभयो ।

प्राविधिकले धान खेतमैपुगेर निरीक्षण गरी किसानलाई परामर्श दिइरहेका छन् । धानबाली तत्काल निरीक्षण गरेर समयमै रोग नियन्त्रण गर्न आग्रह गरिएको छ । प्राविधिकले स्थलगत अध्ययन शुरु गरेको बताए । काली मार्सी धान जुम्लाको पहिचानसँग जोडिएको छ । कृषि विकास कार्यालयले रोग लागेको क्षेत्रमा हाल जाँच तथा परीक्षणका लागि प्राविधिक परिचालन गरी रोग नियन्त्रण जारी रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?