एसियन कपमा दक्षिण कोरियाकाे विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एएफसी एसियन कप अन्तर्गत दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ।

समुह ई अन्तर्गतको सोमबार सम्पन्न खेलमा दक्षिण कोरियाले बहराइनलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

दक्षिण कोरियाको जितमा ली कांग इनले २ गोल गरेका थिए भने ह्वांग इन बेओमले एक गोल गरेका थिए। त्यसैगरी बहराइनका लागि एक गोल अब्दुल्लाह अल हशाशले गरेका थिए।

यो जितपछि दक्षिण कोरियाले समूह ई मा ३ महत्वपूर्ण अंक हासिल गरेको छ। अब दक्षिण कोरियाले अर्को खेल आगामी शनिबार जोर्डनविरुद्ध खेल्ने छ भने बहराइनले अर्को खेल शनिबारनै मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?