मेस्सी बने फिफा वर्ष खेलाडी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अर्जेन्टिना कप्तान लियोनल मेस्सी वर्ष २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । मंगलबार आयोजित कार्यक्रमका फ्रान्सका केलियन एम्बाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेसीको यो तेस्रो अवार्ड हो ।

उनले यसअघि सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए । मेस्सीले गत जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सर्नु अघि पेरिस सेन्ट जर्मेनबाट सन् २०२३ सुरु गरेका थिए ।

पिएसजीबाट ९ गोल गर्दै फ्रेन्च लिग वान उपाधि जितेका मेस्सीले मायमीबाट १० गोल गर्दै लिग कप उपाधि कब्जा गरेक थिए ।

त्यस्तै सिटीका एन्डरसन उत्कृष्ट गोलकिपर अवार्ड जिते । रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनोउलाई पछि पार्दै उनले गोलकिपरको अवार्ड जितेका हुन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला उत्कृष्ट पुरुष प्रशिक्षक भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?