एसियन कपमा इराकलाई सफलता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसियन कप फुटबलमा इराकले विजयी सुरुवात गरेको छ । सोमबार राति सम्पन्न समुह डी अन्तर्गतको खेलमा इराकले इन्डोनेसियामाथि ३–१ को प्रभावशाली जित निकालेको हो ।

इराकको जितमा मोहमद अली, ओसामा राशिद र आयमेन हुसैनले गोल गरे । त्यस्तै इन्डोनेसियाका लागि मार्सेलिनो फेरडिनानले एक गोल गरेका थिए ।

समुह डी मा जापान र इराकले आफ्नो पहिलो खेल जितेका छन् भने भियतनाम र इन्डोनेसियाले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

अब इराकले अर्को खेलमा जापानको सामना गर्ने छ भने भियतनामले इन्डोनेसियासँग खेल्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?