गाम्बियाविरुद्ध सेनेगल विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अफ्रिकन कप अन्तर्गत सेनेगलले विजयी शुरुवात गरेको छ ।

सोमबार राती सम्पन्न समुह सी अन्तर्गतको खेलमा सेनेगलले गाम्बियालाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।

सेनेगलको जितमा लामिने कामाराले २ गोल गरेका थिए भने पापे गुएयेले एक गोल गरेका थिए । यस खेलमा खेलको पहिलो हाफको अन्त्यमा गाम्बियाका एबोउ एडम्सले रातो कार्ड पाएपछि गाम्बिया १० खेलाडीमा सिमित भएको थियो ।

अब सेनेगलले अर्को खेल आगामी शुक्रबार क्यामरुनसँग खेल्ने छ भने गाम्बियाले शनिबार गुएनासँग खेल्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?