एमालेका केन्द्रीय कमिटीमा मनोनीत ६ जनाले लिए पद तथा गोपनीयताको शपथ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनीत ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज नयाँ केन्द्रीय सदस्यहरुले शपथग्रहण गराउनु भएकाे हाे ।

एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहनुभएका र एक जना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

मनोनीत हुनेहरुमा सिरहाका रामअवतार यादव, संखुवासभाका तुलसीप्रसाद न्यौपाने, नुवाकोटका केशवराज पाण्डे, बैतडीका दामोदर भण्डारी, दैलेखका विनोद शाह र झापाका दीपक कार्कीलाई पुस १० को सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?