दश वर्षभित्रमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ : नेता कार्की

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबैपक्ष इमान्दार भएर काम गर्न सके मुलुकलाई १० वर्षभित्रमा एसियाको समृद्ध बनाउन सकिने बताउनु भएको छ ।

मंगलवार गृह जिल्ला भोजपुरमा कांग्रेसका नेता कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनु भएको हो । जलस्रोत, कृषि, पर्यटन लगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा लगानी बढाउन सके नेपाल सम्पन्न राष्ट्र बन्न समय नलाग्ने नेता कार्कीको भनाई रहेको छ ।

कार्कीले विकास बिनाको राजनीति खोक्रो नारा मात्र हुने बताउँदै अहिलेको सूचना प्रविधिको युगमा जनतालाई छल्न नसकिने भएकाले जनतासँग सपथ खाएर आउने सबैले आफ्नो बाचा पूरा गर्नसके मात्र जनताले पत्याउने बताउनुभयो ।

कांग्रेस केन्द्रिय सदस्य समेत रहनुभएको कार्कीले देशको विकास नभईकन नेपालीको बिकास नहुने भएकाले वडा, पालिका, जिल्ला सवै क्षेत्रमा बिकासको लहर ल्याउन आवश्यक रहेको बताउनुभयो । पार्टी भित्र पनि जनताको समृद्धिको लागि कुनै बिवाद नरहेको बताउँदै संघीय सांसद समेत रहनु भएका कार्कीले अवका दिनमा कांग्रेसलाई एक ढिक्का बनाउन पार्टी भित्र पनि विवेचना र विश्लेषण जरुरी रहेको बताउनुभयो ।
नेता कार्कीले इतिहासले पनि कांग्रेसलाई मुलुक बनाउने जिम्मेवारी दिएकाले पार्टी भित्र पनि विवेचना र विश्लेषण जरुरी रहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा कांग्रेसलाई बलियो र ठुलो पार्टी बनाउन इमान्दारीताका साथ काम गर्न पनि कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सोक्रममा राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बन्नु भएका नेता कृष्णप्रसाद सिटौलालाई विजयी गराउन पनि उहाँले जनप्रतिनिधीहरुसँग आग्रह गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?