काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकूलपति प्रा. डा. प्रल्हाद कार्कीलाई कारबाही गरिदिन माग गर्दै धरान उपमहानगरका मेयर हर्कराज राई ( साम्पाङ) ले स्वास्थ्यमन्त्रीलाई पत्र लेख्नुभएको छ ।
प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई कारबाही गरेको, आन्दोलनले ओपीडी बन्द भएको अवस्थामा आफू लुकीछिपी बसेको उपकूलपति कार्कीलाई मेयर साम्पाङले आरोप लगाउनु भएकाे छ ।
पत्रमार्फत स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सहयोग माग्दै मेयर साम्पाङले डा. कार्कीलाई तत्काल उपस्थित गराई आवश्यक कारबाही अघि बढाइदिन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा वैकुण्ड अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले सो प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
उहाँले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताउनु भयो । उहाँले १० वटा गौरवका योजनाहरुमा महत्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताउनु भयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा रहेको बताउनु भएको छ ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैंचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई कांग्रेसले जति कसैले पनि नउठाएको दाबी समेत गर्नुभयो ।
“कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,” डा.कोइरालाले भन्नुभयो, “पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलि अलि कहींकतै तुष छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ ।” संघीय सांसद समेत रहनु भएका नेता कोइरालाले पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना कर्मचारी हटाइएका छन् ।
यही १ माघबाट लागू हुने गरी ती कर्मचारीलाई हटाइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिनुभएको छ ।
होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “होटल आफैँले कृषि फार्म सञ्चालन गरेर वा कृषकले सञ्चालन गरेका फार्मसँग सम्झौता गरी कृषिउपजलाई सिधै होटलका प्लेटमा पु-याउने कार्यक्रम सञ्चालन गर्नुस् ।”
रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा सर्ने भएको छ ।
ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा केही ढिला हुने भएको हो ।
यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि गर्नेगरी सूचना जारी गर्ने गरी काम भइरहेको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास नसके राजीनामा दिन सुझाव दिनुभएको छ ।
२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरुको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्याएको बताउनुभएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिनुभयो ।
त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।
आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । जीप सडकबाट करिब एक सय मिटर तल खसेको हो ।
अग्रज कलाकार नीर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन नसकेको बताउनुभएको छ ।
मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताउनु भयो ।
नेपाल पुलिस क्लवले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा वागमती प्रदेशले तेस्रो खेलमा पहिलो सफलता आत्मसात गरेको छ ।
पुलिसले मंगलवार कीर्तिपुरमा कोशी प्रदेशलाई सात विकेटले हराउँदा सूर्य तामाङको ह्याट्रिकसहित ६ विकेटको उत्कृष्ट बलिङ प्रेरणामा वागमतीले मधेस प्रदशमाथि ८६ रनको जित निकाल्यो । सुजन थपलियाको शतकका बाबजुद कोसीले सहजै पुलिसलाई सुम्पिँदै तेस्रो हार सामना ग¥यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा निकै खराब ब्याटिङ गरेको कोशी ४८.२ ओभरमा एक सय ६६ रनमै अलआउट भयो । जबाफी ब्याटिङ गरेको पुलिसले सामान्य लक्ष्य २३.१ ओभरमै मात्र तीन विकेट गुमाएर पूरा ग-यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच