
काठमाडौं । ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकको क्रेडिट कार्ड बाहकलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको योजनामा ग्राहकले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् तीन सय रुपैयाँसम्म छुट पाउनेछन् । छुट योजना माघ महिनाभरि मात्र लागू हुनेछ ।
बैंकका अनुसार जाडो मौसमलाई लक्षित गरी ल्याइएको बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कार प्रदान गरिनेछ । अफर हाल बिगमार्टको ८१ भन्दा बढी स्टोरमा उपलब्ध रहेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच