चुम्बनका फाइदा मात्र छैन ‘किसिङ डिजिज’ पनि हुन्छ

हिमालय टाइम्स
Read Time = 7 mins

चुम्बन माया, प्रेम मात्र नभई सद्भाव व्यक्त गर्ने माध्यम पनि हो । यद्यपि यौनिक सम्बन्ध तथा क्रियाकलापसँग यसको बढि सम्बन्ध हुन्छ ।

जर्नल मेडिकल हाइपोथेसिसमा प्रकाशित एक अध्ययनअनुसार चुम्बनले महिलाको रोग प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्छ, चुम्बनबाट महिलाहरु साइटोमेगालो भाइरसबाट बच्न सक्छन्। यो भाइरस मुखदेखि मुखसम्म फैलन्छन् ।

यदि गर्भावस्थाका दौरान महिलामा यो भाइरस फैलन्छ भने नवजात शिशु अन्धोपन तथा अन्य कैयौं जन्मजात रोगको शिकार बन्न सक्छन् ।

विज्ञहरुका अनुसार यसका विभिन्न खाले स्वास्थ्य फाइदा तथा बेफाइदा पनि छन् । आज हामी चुम्बनका नालीबेली प्रस्तुत गर्दैछौं, पहिले फाईदाबारे चर्चा गरौँ ।

सम्बन्ध विकाश गर्नः चुम्बनले दम्पती तथा पार्टनरबीचको आत्मीय सम्बन्धलाई झनै दह्रिलो बनाउनुका साथै सम्बन्धमा विश्वास बढाउने काम गर्छ । चुम्बनका बेला पैदा हुने अक्जिटोसिन नाम हर्मोनले एक अर्कामा प्रेम तथा सम्बन्ध र विश्वास पैदा गर्न सहयोग पूराउँछ ।

यौन सन्तुष्टिमा बढोत्तरीः चुम्बन यौन सम्पर्क तथा पाकक्रिडाको महत्वपूर्ण हिस्सा हो । गहिलो तथा मायावी चुम्बनले यौनक्रिडालाई बढि सन्तुष्टदायी बनाउँछ ।

रोग प्रतिरोधी क्षमता बढाउँछः विज्ञहरुका अनुसार चुम्बनले मानिसमा रोगप्रतिरोधी क्षमता बढाउँछ । पाकक्रिडामा प्रसस्त चुम्बन गरेर मात्र यौन सम्पर्क गर्ने मानिसहरुमा यौनजन्य रोगको संक्रमणको खतरा घट्ने विभिन्न अनुसन्धानले देखाएका छन् ।

खुसी बनाउँछ: चुम्बनका बेला मानिसमा इन्डोफिर्न हर्मोन पैदा हुन्छन् । यो हर्मोनले मानिसको मूडलाई रिल्याक्स बनाउँछ । जसका कारण मानिसमा खुसी पैदा हुन्छ । तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस्, एकाएक मूड फ्रेस हुन्छ र जिउ हल्का तथा तनावरहीत हुन्छ ।

दुखाइ कम गर्छ: तात्तातो चुम्बन सत्रका बेला जिउबाट एड्रीनलाइन तत्व उत्सर्जन हुन्छ । यसले जिउमा दुखाइ कम गर्छ । टाउको दुखेको छ ? त्यसो भए पार्टनरसँग मज्जाले चुम्बन गर्नुहोस् अनि महसुस गर्नुहास् यसको फाइदा ।

मोटोपना घटाउँछ: चुम्बनका बेला पनि जिउमा प्रसस्तै क्यालोरी दहन हुन्छ । नियमित रुपमा व्यायाम गर्न नसक्ने तथा फुर्सद नहुने मानिसहरुले मोटोपनाबाट जोगिनका लागि नियमित चुम्बन गर्नु लाभदायी हुने विज्ञहरुको सुझाव छ ।

तन्नेरी बनाउँछ: चुम्बनले अनुहारका मांशपेशीलाई कसिलो तथा मजबुत बनाउने र मानिसको अनुहारलाई तन्नेरी रुप दिन सहयोग पूराउँछ ।

-अब चर्चा गरौं चुम्बनका बेफाइदा बारे ।
चुम्बनबाट सर्ने यो रोगलाई ‘किसिङ डिजिज’ भनिन्छ । दिल्लीका मेडिकल अफिसर डा. अनुराग शर्माका अनुसार चुम्बनबाट सर्ने रोगलाई मेडिकल भाषामा संक्रामक मोनोन्यूक्लियोसिस वा ग्रन्थी ज्वरो भनिन्छ ।

डा. शर्माका अनुसार किसिङ रोग धेरै भाइरसबाट सर्ने गर्छ तर ९० प्रतिशत केसमा यो रोग मानिसर्को र्‍यालबाट हुने एपस्टेन बार भाइरस बाट सर्ने गरेको देखिएको छ ।

जब एक व्यक्ति चुम्बन गर्दा अर्को व्यक्तिको सम्पर्कमा आउँछ, तब यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र त्यसपछि सम्पूर्ण शरीरमा फैलिन्छ।

अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनअनुसार चुम्बन रोगलाई मानव हर्पेस ४ पनि भनिन्छ । यो भाइरस हर्पीज फेमिलीको एक भाइरस हो । चिकित्सकका अनुसार यो रोग आफैँमा सीमित हुने रोग भए पनि उपचार पछि निको हुने बताउँछन् ।

यो भाइरस कसरी सर्छ ?

एपस्टीन बार भाइरसले सामान्यतया युवा र किशोरकिशोरीहरूलाई असर गर्छ । बालबालिकामा सङ्क्रमण भए पनि लक्षणहरू कम देखिन्छन् भने वृद्धहरूमा सङ्क्रमणको जोखिम कम हुन्छ । यो भाइरस रक्तसञ्चार, यौन सम्पर्क, खोक्दा र हाछ्युँबाट सर्छ ।

यसबाट कसरी बच्ने ?

किसिङ रोगको कुनै खास उपचार छैन। यो एक भाइरल रोग हो जहाँ एन्टिबायोटिकले काम गर्दैन । तसर्थ, रोग सहायक ट्रीटमेन्टबाट उपचार गरिन्छ । सामान्यतया यो रोगका लक्षणहरू १ महिनामा कम हुदै जान्छ यो रोगबाट बच्न कुनै खोप बनाइएको छैन ।

भाइरस शरीरमा प्रवेश गरेको १ हप्तापछि थकानसँगै ज्वरो आउने, शरिर दुख्ने र घाँटी दुख्ने जस्ता लक्षण देखिन्छन् । घाँटी दुखेको बेला कम बोल्नुहोस्। मनतातो पानीले कुल्ला गर्नुहोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?