-पुरन साह
जनकपुरधाम । नेपाल सरकारका संघीय युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले जनकपुरधामसहित देशको विभिन्न शहरमा आधुनिक स्टेडियम बन्नसके अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलहरु नेपालमै हुने प्रतिवद्वता आईसीसीले गरेको बताउनु भएको छ ।
जनकपुरधामको रजौल स्थित प्रस्तावित श्री राम जानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा भएको दोस्रो जनकपुरधाम मेयर कप टी– २० क्रिकेट कपको रोचक प्रतिस्पर्धात्मक फाइनल खेल पुरै अवलोकन गर्नुभएका मन्त्री श्रेष्ठले आईसीसीका अन्तराष्ट्रिय अध्यक्षले नेपाल आएर यस्तो प्रतिवद्वता जाहेर गरेको बताउनु भयो ।
उहाँले धनुषा र बाराको खेल कुनै पनि अन्तराष्ट्रिय स्तरको क्रिकेट भन्दा अलिकति पनि कम नरहेको भन्दै खेलकुदलाई व्यवसायीकरण गर्दै अव डाक्टर, ईन्जिनियर बन्नु भन्दा पनि क्रिकेटर बन्नु भन्ने आर्शिवाद दिने युग ल्याउनुपर्ने बताउनु भयो । खेल ऐन परिमार्जन गर्न लागेको जानकारी गराउँदै मन्त्री श्रेष्ठले त्यसमा के कस्तो सुझाव छ लिखित रुपमा ल्याउन क्यानलाई आग्रह गर्नुभयो ।
बिश्व विद्यालयहरुसँग एमओयु हुन लागेको जानकारी गराउदै उनले बिकासलाई पुर्नब्याख्या गरिनु पर्ने र निजी क्षेत्रले स्वामित्व नलिए सम्म खेलकुदको बिकास हुन नसक्ने पनि बताउनु भयो । उहाँले खेलकुदका वडा स्तरका गतिविधीहरुलाई पनि महत्वका साथ प्रयोजन गर्न व्यापार जगत, उद्योग बाणिज्य संघ र चेम्वर अफ कर्मश सहितका संघ संस्थाहरुलाई आग्रह गर्नुभयो ।
सो अवसरमा मधेश प्रदेशकी खेलकुद मन्त्री सुरिता साह, प्रतिनिधीसभा सदस्य मनिष झा र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह सहितकाले खेलकुद क्षेत्रको विकास बारे आ–आफनो धारणा राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच