दोलखा । भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा १ एक करोड भन्दा केही बढी राजश्व सङ्कलन गरेको छ । चालु आवको पुष मसान्त सम्ममा नगरले विभिन्न शीर्षकमा उक्त राजश्व सङ्कलन गरेको हो ।
श्रावण महिनादेखि पुष मसान्तसम्ममा नगरले आन्तरिक आयत तर्फ विभिन्न २३ वटा शीर्षकमा कुल १ करोड १६ लाख ३१ हजार आठ सय पच्चिस रुपैयाँ राजश्व सङ्कलन गरेको भीमेश्वर नगरपालिका राजश्व शाखाका प्रमुख सुजन सुवेदीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको बजेट बक्तब्यमा ३ करोड २ लाख ६० हजार अन्तरिक आय सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । चालु आर्थिक वर्षको आधा समय वितिसक्दा ३८ दशमलब ४३ प्रतिशत राजश्व मात्र सङ्कलन भएको नगरको तथ्याङ्क छ ।
चालु आर्थिक वर्षको छ महिनामा सङ्कलन भएको राजश्व मा सबै भन्दा बढी भूमिकर बापत १९ लाख ४५ हजार दुईसय चौरासी तथा सबै भन्दा कम अन्य क्षेत्रको आय वापत एक सय पैतालिस रुपैयाँ रहेको छ । यसै गरी अन्य राजश्व शीर्षकबाट भएका आमदानीहरुमा एकिकृत सम्पतिकर ९ लाख ८५ हजार ३१०, बहालकर वापत १४ लाख ३३ हजार ३२८ , कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोवारमा लाग्ने करवापत ५ हजार ९६५,अन्य करवापत २९ हजार ४४०,सरकारी सम्पत्तीको वहालबाट प्राप्त आयवापत १६लाख ६९ हजार १८९, अन्य बिक्रीबाट प्राप्त रकम वापत १ लाख २२ हजार ४९० तथा विद्युत सेवा शुल्क वापत २ हजार १०० रुपैयाँ रहेको छ ।
यसैगरी अन्य सेवा शुल्क तथा विक्री वापत १० लाख १५ हजार ३१७, न्यायिक दस्तुर वापत १ हजार ५१०, शिक्षा क्षेत्रको आमदानी वापत ५००, अन्य प्रशासनिक सेवा शुल्क वापत ५ लाख ३४ हजार १५०, नक्सापास दस्तुर वापत ५ लाख ८१ हजार ९१४, सिफारिस दस्तुर वापत १५ लाख ८ हजार ६७४ तथा ब्यक्तिगत घटना दर्ता दस्तुर वापत १ लाख ५६ हजार ९०० रुपैया राजश्व सङ्कलन भएको भीमेश्वर नगरपालिकाको तथ्याङ्क रहेको छ ।
यस्तै नाता प्रमाणित दस्तुर वापत ३८ हजार, अन्य दस्तुर शीर्षकमा ७८ हजार ३५२, ब्यावसाय रजिष्ट्रेशन दस्तुर वापत ६ लाख ४२ हजार ५०, विद्युत सम्बन्धि दस्तुर शीर्षकमा १ हजार ४००, प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा ७५ हजार, ब्यावसाय कर वापत १ लाख ४ हजार ८०० तथा दहत्तर बहत्तर शुल्क बापत ७ लाख रुपैयाँ आमदानी भएको भीमेश्वर नगरपालिकाले जनाएको छ ।
भीमेश्वर नगरपालिकाले निर्माण गरेका संरचनाहरु बेलैमा ठेक्का नलाग्नु, नगर भित्रका आर्थिक गतिविधिहरुमा कमी आउनुले नगरको आन्तरिक आय सङ्कलनमा केही कमी भएपनि ६ महिनाको अवधिमा लक्ष्यको करिब ३९ प्रतिशत राजश्व सङ्कलन हुँदा निराशाजनक नैं स्थिति भन्न नमिल्ने भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले बताउनुभयो । बाँकी ६ महिनाको अवधिमा राजश्व सङ्कलनले लक्ष्य भेट्टाउन सक्ने नगरको आशा रहेको उहाँको भनाई रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच