काँग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १, क्षेत्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै काँग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताउनु भयो ।

उहाँले पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्ने बताउनु भयो । नेता सिंहले काँग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही गरेर काँग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुश नभएका तत्वहरु त छन् । तिनीहरुले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन् । काँग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, काँग्रेस कमजोर भयो भने यो सिस्टम नै के हुन्छ ? भन्नेकुरामा प्रश्न शुरु हुन्छ । त्यसैले हामीले गर्ने के हो भने पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्छ । अब त जमाना कस्तो भइसक्यो भने काँग्रेसको संगठनमा काँग्रेस भएर मात्रै पनि पुग्दैन । काँग्रेसको संगठन पनि राम्रो हुनुपर्छ । राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज दिनुपर्छ ।’

नेता सिंहले काँग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गर्नुभयो । उहाँले काँग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?