काठमाडौं । अखिल नेपाल किसान महासंघले च्याउ उत्पादक किसान संघका केन्द्रीय सदस्य सन्तोष घिमिरेमाथिको सांघातिक आक्रमणको निन्दा गरेको छ । दाङ जिल्ला तुलसीपुर नगरपालिका १२ मा च्याउखेती गर्दै आउनुभएका व्यावसायिक किसानमाथि माघ १ गते दिउँसै संगठित हमला भएको भन्दै महासंघले भत्र्सनासमेत गरेको छ । व्यावसायिक किसानमाथि गरिएको यसप्रकारको आक्रमणले कृषि पेशा तथा व्यवसायलाई नै निरुत्साहित गरेको महासंघको भनाइ छ ।
साथै महासंघले घिमिरेलाई आक्रमण तथा कुटपिट गरी अंगभंग पार्ने आक्रमणकारीलाई यथाशीघ्र गिरफ्तार गरी कानुनी कारबाही गर्न, घाइते घिमिरेको उपचारको यथोचित प्रबन्ध मिलाउन र च्याउ उत्पादनका लागि निर्माण गरिएका भौतिक संरचनामा तोडफोड गरी क्षति पुर्याएकोमा क्षतिपूर्ति भराउनसमेत महासंघले माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच