पुस्तक : ओलीको ‘सृष्टिभित्रका दृष्टि’

सुशीला घिमिरे
Read Time = 6 mins

हालै विष्णु ओलीको समीक्षासङ्ग्रह ‘सृष्टिभित्रका दृष्टि’ सार्वजनिक भएको छ । यसलाई उहाँले पाठकीय दृष्टिकोण भन्नुभएको छ । श्रीमती देवी उप्रेती ओली प्रकाशक रहनुभएको यस पुस्तकको मुद्रण जनसेवा प्रिन्टर्स एन्ड ट्रेडर्स प्रालि अनामनगर काठमाडौंबाट भएको छ । डिएमआई साइजको यस पुस्तकको छपाइ स्तरीय छ तर कतै-कतै अशुद्धि भने भेटिन्छन् । भूमिका खण्डमा १० र पाठ्य खण्डमा १५८ गरी यस पुस्तकमा जम्मा १६८ पृष्ठ छन् भने पुस्तकको मूल्य १७५ रुपैयाँ रहेको छ ।

यो पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा अन्य विभिन्न लेखकहरूका पुस्तकको समीक्षक विष्णु ओलीद्वारा गरिएको समीक्षा राखिएको छ । यस खण्डमा विभिन्न २० वटा पुस्तकको समीक्षा रहेको छ । 

पहेंलो तौलयुक्त कागज प्रयोग भएको यस पुस्तकको आवरण शशाङ्क श्रेष्ठले तयार पार्नुभएको छ । आवरणमा अमूर्त कला प्रयोग भएको छ । रङ्गीविरङ्गी आवरणका बीच एउटा आँखो देखाइएको छ जसको अर्थ अरूका लेखनमाथि दृष्टि दिइएको भन्ने बुझ्न सकिन्छ । माथि पुस्तकको नाम दिइएको छ भने तल दायाँतिरको कुनामा साना सेता अक्षरमा समीक्षक ओलीको नाम दिइएको छ । आवरणको भित्र प्रकाशिका देवी उप्रेती ओलीको र नातिनी आरुषी पोखरेलको फोटो राखिएको छ ।

पृष्ठ आवरणमा फोटोसहित समीक्षक ओलीको परिचय दिइएको छ । जसअनुसार उहाँको सामान्य परिचय, उहाँका कृतिहरू, आबद्ध संस्थाहरू र उहाँ आजीवन सदस्य रहनुभएका सङ्घसंस्थाहरूको नाम दिइएको छ । पृष्ठ आवरणको भित्र उहाँका मातापिता र छोरीको फोटो राखिएको छ । भूमिका खण्डमा श्रीमती देवी उप्रेती ओलीको ‘प्रकाशकीय’ र समीक्षक विष्णु ओलीको ‘मेरो भन्नु’ छन् । त्यसपछि विषय सूची राखिएको छ ।

पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा अन्य विभिन्न लेखकहरूका पुस्तकको समीक्षक विष्णु ओलीद्वारा गरिएको समीक्षा राखिएको छ । यस खण्डमा विभिन्न २० वटा पुस्तकको समीक्षा रहेको छ । जसमा डा.दुबसु क्षेत्रीको अवतार विघटित हनुमान, डा.इन्दुल केसीको व्यक्तित्व, कृतित्वको तेस्रो आयाम, दैवज्ञराज न्यौपानेको मायाप्रीतिका छालहरू, पदम दाहालको श्वेताम्वरी, डा.मधुसूदन लामिछानेको अन्तर्हृदयका छालहरू, शङ्कर भारतीको अर्को जुनीमा, डा.गीता खरेलको सम्झनामा नित्य आउँछ, दिव्य गिरीको द जुबिलियन्ट प्ले, टीका ढुङ्गेल रटनको कलमहरूको मूल्याङ्कन, सुभद्र भट्टराईको भूइँपूmल, जीवनाथ अधिकारीको अविदित यात्रा र नीता श्रेष्ठको सुगन्धित साकुराको समीक्षा भएको पाइन्छ ।

यसैगरी यही खण्डमा समीक्षा भएका अन्य पुस्तकहरूका विनोद खनालका मेरा कथाहरू, विनोद दाहाल वत्सको टाँकघर, निर्मला न्यौपानेको काव्याञ्जली, मातृकाप्रसाद सङ्ग्रौलाको दुःखी, दैव, टेकमाया शर्माको मनोगत, कलल्ना खरेलको रानी तलाउ, नीलम न्यौपानेको फलाहारी एक असाधारण व्यक्ति र कृष्णप्रसाद उप्रेतीको अविश्रान्त यात्रा ७७ वर्ष क्यानडा यात्रा गर्दा रहेका छन् ।

भाग दुईमा विष्णु ओलीका विभिन्न पुस्तकहरूका विभिन्न लेखकले समय समयमा विभिन्न पत्रपत्रिकामा लेखेर प्रकाशित गरेका समीक्षाहरू सङ्कलन भएका छन् । उहाँका तीनवटा पुस्तकहरूको समीक्षा भएको पाइन्छ । जसमा ‘जसोतसो जिन्दगी यो जिउनु परेको छ’ माथि विष्णुविभु घिमिरे, पदम दाहाल र अवेला थापामगरका समीक्षाहरू रहेका छन् भने ‘मेरी परी’माथि डा.तुलसी भट्टराई, प्राडा.कृष्णप्रसाद दाहाल, शङ्कर भारती, डा.शान्तराज सुवेदी, जीवनाथ अधिकारी, डा.इन्दुल केसी र चूडाप्रसाद चौलागाईंका समीक्षाहरू प्रकाशित छन् । यसैगरी ‘ब्युँझेको कुम्भकर्ण’माथि प्राडा.सुरेन्द्र केसी, प्राडा.कृष्णप्रसाद दाहाल, डा.मधुसूदन लामिछाने, जीवनाथ अधिकारी, डा.इन्दुल केसी, विनोद खनाल, चूडाप्रसाद चौलागाईं, सुशीला घिमिले र योगनाथ पौडेलका समीक्षाहरू समेटिएका छन् ।

यसरी आफ्नो लगनशीलता र साहित्यप्रतिको समर्पण बेला बेलामा प्रकट गरिरहनु हुने ओलीलाई धन्यवाद तथा बधाई छ । उहाँबाट यस्ता पुस्तकहरू भविष्यमा पनि नेपाली साहित्यले पाइरहोस् शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?