काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा दुर्ई सय २६ उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ । साउनदेखि पुससम्ममा दुई सय २६ उद्योगका लागि २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ । सो अवधिमा साना दुई सय ११, मझौला १२ र ठूला तीन उद्योगका लागि उक्त प्रतिबद्धता प्राप्त भएको हो । प्रतिबद्धताअनुसार लगानी आएमा १२ हजार एक सय ६७ जनाले रोजगारी पाउने बताइएको छ । पुसमा मात्रै २७ उद्योगका लागि एक अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । पुसमा साना २२ र मझौला पाँच उद्योगका लागि उक्त प्रतिबद्धता प्राप्त भएको हो ।
साथै विभागले सो अवधिमा २८ वटा सेयर खरिद सम्झौतालाई स्वीकृति प्रदान गरेको छ । जसबाट चार अर्ब एक करोड तीन लाख नौ हजार नौ सय ६९ रुपैयाँ विदेशी लगानी भित्रिनेछ । पुसमा यस्तो स्वीकृति सातवटाले पाएका छन्, जुन २६ करोड ३६ लाख ५० हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता हो । सोही अवधिमा ३१ वटा प्रविधि हस्तान्तरण सम्झौतालाई स्वीकृति दिएकोमा पुसमा चारवटाले यस्तो स्वीकृति पाएका छन् । विभागका अनुसार क्षेत्रगतरूपमा छ महिनामा आएको लगानी उत्पादन, ऊर्जा, कृषि, पर्यटन, खानीजन्य, सेवा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा भित्रिएको हो । पर्यटनमा ४५, सेवामा ३७, उत्पादनमा १०, सूचना प्रविधिमा तीन, पूर्वाधारमा दुई, ऊर्जामा शून्य, खनिजमा एक र कृषिमा दुई प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै, सो अवधिमा एक हजार तीन सय ५६ लगानीकर्ताले बिजनेस भिसा लिएका छन् । गत वर्ष सोही अवधिमा एक हजार ११ लगानीकर्ताले बिजनेस भिसा लिएका थिए । सो अवधिमा विदेशी लगानीकर्ताले एक अर्ब चार करोड १६ लाख ८६ हजार छ सय ९८ रुपैयाँ रोयल्टी र बोनसबापत एक अर्ब ५३ करोड ६५ लाख ३० हजार पाँच सय ७१ रुपैयाँ लगानी फिर्ता लगेका छन् । विदेशी मुद्रातर्फ अमेरिकी डलरमा आठ लाख, भारतीय मुद्रामा करिब १४ करोड र युरोतर्फ १३ हजार छ सय रोयल्टी रकम लगेका हुन् ।
हालसम्म साढे चार खर्ब लगानी प्रतिबद्धता
गत आर्थिक वर्षसम्ममा नेपालमा साढे चार खर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० सम्ममा विश्वका ९६ वटा मुलुकबाट चार खर्ब ४९ अर्ब ९६ करोड ८९ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । विदेशी लगानीकर्ताले हालसम्म पाँच हजार आठ सय ५९ नयाँ उद्योग दर्ता गरेका छन् । उनीहरूले छ खर्ब ६६ करोड ६१ लाख रुपैयाँ बराबरको आयोजनामा उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । जसबाट तीन लाख नौ हजार ८५ जनाले रोजगारी पाउने बताइएको छ । ९६ देशमध्ये सबैभन्दा बढी छिमेकी देश चीनबाट दुई खर्ब ३१ अर्ब ७२ करोड ४३ लाख रुपैयाँको आयोजनामा दुई खर्ब ९८ लाख ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
चिनियाँ लगानीमा गत आर्थिक वर्षसम्ममा दुई हजार दुई सय १५ उद्योग दर्ता भएका छन् । हाल चीनका लगानीकर्ताको आकर्षणको होटल तथा रेष्टुरेन्ट देखिएको छ । लगानी प्रतिबद्धता जनाइएका उद्योगमा एक लाख तीन हजार आठ सय ८५ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।
चीनपछि छिमेकीका लगानीकर्ताहरूले हालसम्ममा एक खर्ब ६५ अर्ब ९६ करोड ७६ लाख रुपैयाँको आयोजनामा एक खर्ब एक अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । जसअन्तर्गत ७४ हजार आठ सय १३ जनाले रोजगारी पाउनेछन् ।
तेस्रोमा हङकङका लगानीकर्ताले ४७ अर्ब १८ करोड २१ लाख रुपैयाँको आयोजनाका लागि २९ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् भने अमेरिका ३२ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ लागतको आयोजनामा १६ अर्ब १५ करोड ९ लाख, बेलायत २२ अर्ब ९१ करोड ४५ लाखको आयोजनामा १४ अर्ब ३७ करोड ५४ लाख र दक्षिण कोरियाले १८ अर्ब ५ करोड १६ लाख रुपैयाँको आयोजनामा १२ अर्ब ८१ करोड ३७ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै, सिंगापुर २२ अर्ब १७ करोड १९ लाखको आयोजनामा सात अर्ब ८८ करोड ४२ लाख, आइसल्याण्ड १९ अर्ब ३० करोड ३२ लाखका आयोजनामा ११ अर्ब छ करोड ४२ लाख, जापान आठ अर्ब १३ करोड १६ लाखका आयोजना तीन अर्ब ४९ करोड ७२ लाख, म्यानमार एक अर्ब २० करोड र क्यानाडाका लगानीकर्ताले आठ अर्ब ३७ करोड ७७ लाख रुपैयाँका आयोजनामा तीन अर्ब ६५ करोड २१ लख र स्पेनले सात अर्ब पाँच करोड २२ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी स्वीट्जरल्याण्ड पाँच अर्ब ४३ करोड ४३ लाखका आयोजनामा तीन अर्ब चार करोड, जर्मनी दुई अर्ब ९५ करोड २९ लाखका आयोजनामा एक अर्ब ४६ करोड १७ लाख, मरिसस चार अर्ब ११ करोड ८० लाखका आयोजनामा तीन अर्ब ४३ करोड ४७ लाख, नेदरल्याण्ड तीन अर्ब ११ करोड ७३ लाखका आयोजनामा एक अर्ब ९४ करोड ३६ लाख र युएईले तीन अर्ब ८१ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच