प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदै छन् ।

आज भैरहवामा गण्डकी प्रदेश र सुदूरपश्चिम आमने सामने हुदै छन् । अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुवै खेलमा हार बेहोरेको छ र प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ ।

त्यस्तै सुदूरपश्चिमले भने आफ्ना दुवै खेल जितेर प्रतियोगितामा शानदार शुरुवात गरेको छ ।त्यस्तै आज अर्को खेल टियु मैदानमा एपीएफ क्लब र मधेश प्रदेशबीच हुदै छ ।

एपीएफले आफ्ना दुवै खेल जितेर अहिले अंक तालिकामा शिर्ष स्थानमा छ भने मधेश प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

त्यसैगरी आज तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुदै छ । कोशी प्रदेशले आफ्ना तिनै खेलमा हार बेहोरेर जारी प्रतियोगितामा खराब शुरुवात गरेको छ भने आर्मीले आफ्ना २ खेलमा एक जित एक हार बेहोरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?