काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदै छन् ।
आज भैरहवामा गण्डकी प्रदेश र सुदूरपश्चिम आमने सामने हुदै छन् । अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुवै खेलमा हार बेहोरेको छ र प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ ।
त्यस्तै सुदूरपश्चिमले भने आफ्ना दुवै खेल जितेर प्रतियोगितामा शानदार शुरुवात गरेको छ ।त्यस्तै आज अर्को खेल टियु मैदानमा एपीएफ क्लब र मधेश प्रदेशबीच हुदै छ ।
एपीएफले आफ्ना दुवै खेल जितेर अहिले अंक तालिकामा शिर्ष स्थानमा छ भने मधेश प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
त्यसैगरी आज तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुदै छ । कोशी प्रदेशले आफ्ना तिनै खेलमा हार बेहोरेर जारी प्रतियोगितामा खराब शुरुवात गरेको छ भने आर्मीले आफ्ना २ खेलमा एक जित एक हार बेहोरेको छ ।







सीमा क्षेत्रबाट अवैध सामान तथा
संविधान संशोधन गर्दा संवेदनशीलता बुझ्नुपर्छ
पर्यटकको बसाइ लम्ब्याउन सुविधासम्पन्न होटल
सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय
टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’