खुलामञ्चलाई खुलै रहन दिएर जनआवाज मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाऊॅ : पूर्वप्रधानमन्त्री भट्टराई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले खुलामञ्चलाई खुल्लै राख्नुपर्ने बताउनु भएको छ ।

खुलामञ्च मासेर फुटबल मैदान बनाउने विषय बाहिरिएपछि उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा राख्नुभएको हो ।
उहाँले खुल्लामञ्च पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल भएको र आफूलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा ऋषिकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको सम्झना अझै भइरहने बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउनुपर्ने बताउनु भएको छ ।

‘जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौं,’ उहाँले भन्नुभएको छ ।

हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत नभएको उहाँले बताउनु भएको छ ।

बरू खुलामॅचलाई अझै व्यवस्थित गरेर आम… pic.twitter.com/jM0z0mznpq

— Baburam Bhattarai (@brb1954) January 19, 2024

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?