लोकतन्त्र र गणतन्त्रको विकल्प वंश परम्परामा आधारित निरंकुशतन्त्र हुन सक्दैन : वर्षमान पुन

हिमालय टाइम्स
Read Time = 4 mins

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताउनु भएको छ ।उपमहासचिव पुनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताउनु भयो ।

गृहजिल्ला रोल्पाको घर्तीगाउँमा शुक्रबार राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उदघाटन गर्दै उहाँले जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र र गणतन्त्रको विकल्प वंश परम्परामा आधारित निरंकुशतन्त्र हुन नसक्ने बताउनु भयो ।

गणतन्त्र र लोकतन्त्रको विकल्प अझै राम्रो र परिस्कृत लोकतन्त्र वा गणतन्त्र मात्र हुन सक्ने उहाँको भनाइ थियो । उहाँले भन्नभयो ‘जनता आफैँले आफ्ना धेरै राम्रा छोराछोरीमध्येबाट आफ्नो प्रतिनिधि चुन्ने व्यवस्था लोकतन्त्र हो । यस्तो उन्न्त विकल्प छोडेर जस्तो भए पनि राजाको जेठो छोरा नै राजा हुनुपर्ने, छोरी पनि नहुने वंशतन्त र वा परिवारतन्त्रको विकल्प जनताका लागि स्वीकार्य हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘पार्टीहरूको विकल्प पार्टी नै हो । नेताहरूको विकल्प असल नेता हो । लोकतन्त्रको विकल्प लोकतन्त्र र गणतन्त्रको विकल्प अझै राम्रो र परिमार्जित गणतन्त्र मात्र हो ।’

पुनले मूलधारका राजनीतिक दलहरू र नेताहरूले जनतासँग संवाद गर्नुपर्ने र गल्ती गरेको भए सच्याउन तयार रहनुपर्ने समेत बताउनु भयो ।

लोकतन्त्रमा जनता र नेताबीच संवाद नभए असन्तुष्टि बढ्ने चर्चा गर्दै उहाँले अहिले जनतामा असन्तुष्टि र नकारात्मकता बढ्नुमा नेता र जनताबीचको संवादहीनता पनि एक कारण रहेको बताउनु भयो ।

राजनीतिक दल, नेता र कार्यकर्ताहरूले आफ्नो दल र नेताले गरेका सबै ठीक, अरु सबै बेठीक तथा आफू सरकारमा भएका बेला गरेका सबै ठीक र अर्को सरकारमा हुँदा भएका सबै बेठीक भन्ने मनोवृत्ति त्यागेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने संस्कार बसाल्न जरुरी रहेकामा पुनले जोड दिनुभयो ।

अर्को प्रसंगमा उपमहासचिव पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्षमा सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा संकल्पका साथ काम गरेको र अर्को वर्ष थप राम्रो काम गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेको सुनाउनु भयो।

परम्परागत ढंगले बजेट ल्याएर जनताका विकासका आकांक्षा सम्बोधन नहुने निस्कर्षसहित प्रधनमन्त्रीले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेटको ढाँचामा आमुल परिवर्तनको तयारीमा प्रधानमन्त्री रहेको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?