काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी सातौँ ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगितामा लालीगुराँसले विभूतिलाई ३१-१४ ले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । लालीगुराँसका सुजन मगरले आठ अंक जोड्नुभयो ।
डाँडागाउँस्थित हिमरश्मी स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमै पुष्पकुञ्ज, सेब, हिमरश्मी, एञ्जल्स हार्ट, न्युटन र प्रगतिले क्वाटरफाइनल यात्रा तय गरे । प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । ब्वाइजमा १३ तथा गल्र्समा १० टिमको सहभागिता रहेको ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जनाउनुभएको छ ।
महोत्सवमा विभिन्न पाँच खेल फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्स समावेश छन् । महोत्सवको औपचारिक उद्घाटन भने आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
ओप्स खेलकुद महोत्सवअन्तर्गत गल्र्स फुटबलको उपाधि हिमरश्मीले जितेको छ । टुसाल फुटबल मैदानमा भएको फाइनलमा हिमरश्मीले कौशललाई १–० गोलले पराजित गर्यो । हिमरश्मीकी नम्रता गौतमले निर्णायक गोल गर्नुभयो । छात्रा फुटबलमा आठ टिम सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच