म्याग्दे ७ तनहुँका राजकुमार राना गीत/संगीत र साहित्य क्षेत्रमा ‘बगर’ नामले परिचित हुनुहुन्छ । शब्द र संगीतमा उहाँका १२ सयजति गीत श्रोता/दर्शकमाझ आएका छन् भने गीत र कविताका दुईवटा पुस्तक पनि उहाँले पाठकमाझ ल्याउनुभएको छ । ‘उडेर जून छुन्छु भन्थेँ, यता कुलो काट्दा खेरी, तिमी छौ र पो हाँसेको छु म, तिम्रो माया पाउनलाई, बदिलियौ तिमी, सुनेँ खबर जीवन साथी, घाम र रातको भेट, शिकारी दाइले, जुन मायालाई फूल सम्झेथेँ, किन शंका गर्छौ, तिम्रो साथमा हाँस्न पाए, तिम्रो सम्झनाले, म त तिम्रो मान्छे बन्न सकिनँ, मन पराउने हजारौँ छन्, तिम्लाई आफ्नो भन्ने मेरो अधिकार, पलपल चोट, तिम्रो र मेरो संसार बेग्लै, मायाको रोग, मिर्मिरेको घाम, आमा रातो सारी चुरा पोते, मनको देउतैले, माफ गर भूल भए, मनमा गैरो घाउ छ, फर्क मुग्लानी, मस्र्याङ्दीमा फूल बगाम भो, धन कमाउन जाँदैछु लाहुर, आगो छैन धुवाँ छैन, चिटिक्कै भाछु रे’ लगायत सयौँ गीत उहाँका लोकप्रिय छन् । यही समाज, परिवेश, संस्कार, संस्कृति, प्रकृति, आममनहरूको कथाव्यथा र भोगाइ हरेक सर्जकको सिर्जनाको आधार भएको बताउनुहुने राजकुमार राना ‘बगर’सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
साहित्य र संगीत सिर्जना नै कर्म र धर्म हो मेरो । यसैमा समय दिइरहेको छु । त्रिवेणी डिजिटलमा साउण्ड इञ्जिनियरको काम पनि गर्दै आइरहेको छु ।
औपचारिकरूपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
छापाको हिसाबले २०५४ सालदेखि र रेकर्डिङको हिसाबले २०५५ सालदेखि निरन्तर लागिरहेको छु ।
हालसम्म यहाँका कति जति सिर्जना श्रोता/दर्शकमाझ आएका छन् ?
शब्द र संगीत भरेका गीतहरू १२ सय जति छन् । गीत र कविताका दुईवटा पुस्तक बजारमा आएका छन् ।
यही समाज, परिवेश, संस्कार, संस्कृति, प्रकृति, आममनहरूको कथाव्यथा र भोगाइ हरेक सर्जकका सिर्जनाका आधार हुन् र मेरो पनि ।
व्यावसायिक हिसाबमा हेर्दा संकटकालीन अवस्था हो नेपाली गीत संगीतको वर्तमान समय । तर, रोयल्टी व्यवस्थापनलाई राज्यले व्यवस्थित गर्यो भने नेपाली संगीत उद्योग धेरै समृद्ध बन्नेछ ।
केही गीतको नाम लिनुपर्दा ?
‘उडेर जून छुन्छु भन्थेँ, यता कुलो काट्दा खेरी, तिमी छौ र पो हाँसेको छु म, तिम्रो माया पाउनलाई, बदिलियौ तिमी, सुनेँ खबर जीवन साथी, घाम र रातको भेट, शिकारी दाइले, जुन मायालाई फूल सम्झेथेँ, किन शंका गर्छौ, तिम्रो साथमा हाँस्न पाए, तिम्रो सम्झनाले, म त तिम्रो मान्छे बन्न सकिनँ, मन पराउने हजारौँ छन्, तिम्लाई आफ्नो भन्ने मेरो अधिकार, पलपल चोट, तिम्रो र मेरो संसार बेग्लै, मायाको रोग, मिर्मिरेको घाम, आमा रातो सारी चुरा पोते, मनको देउतैले, माफ गर भूल भए, मनमा गैरो घाउ छ, फर्क मुग्लानी, मस्र्याङ्दीमा फूल बगाम भो, धन कमाउन जाँदैछु लाहुर, आगो छैन धुवाँ छैन, चिटिक्कै भाछु रे’ लगायत सयौँ गीत लोकप्रिय छन् ।
तपाईंका थुप्रै गीत छन्, आफूलाई चिनाउने गीत कुन हो जस्तो लाग्छ ?
फरक-फरक शुभ चिन्तकले फरक-फरक गीतबाट चिन्नुहुन्छ भन्ने लाग्छ मलाई । तर, ‘उडेर जून छुन्छु भन्थेँ’ मेरो सांगीतिक यात्राको कोशेढुंगा साबित भएको गीत भएको कारणले हुन सक्छ, यो गीतबाट धेरैले चिन्नुहुन्छ ।
तपाईं आफूलाई कत्तिको सफल संगीतकार मान्नुहुन्छ ?
यो म आफैंले मूल्यांकन गर्ने कुरा हैन सायद । जसलाई के जस्तो लाग्छ त्यहीमात्र हुँ म ।
राजकुमार बगर को हो ?
साहित्य र संगीतको एक साधनारत विद्यार्थी ।
जीवन र गीत-संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जीवनको परिभाषा मान्छेको भोगाइअनुसार फरक-फरक हुन्छ । जीवनलाई फूल मान्यौँ भने गीत संगीत फूलको रङ र सुवास हो ।
तपाईं कसका लागि गीत-संगीत सिर्जना गर्नुहुन्छ ?
सुरुमा‘म’लाई गर्छु । सार्वजनिक भएपछि‘म’हरूलाई बन्छ, देशका लागि बन्छ, समाजका लागि बन्छ सायद । किनकि हजुर जस्तै, ऊ जस्तै, अरू जस्तै म पनि समाजको एक हिस्सा हुँं । सामाजिक कर्म समाज र देशकै लागि गरिएको हुन्छ त्यसैले ।
संगीतमा बेला-बेलामा चोरीको आरोप लाग्ने गर्छ नि ?
चोरी त संगीतमा मात्रै हैन । साहित्य, कला, चलचित्र, पत्रकारिता....हरेक क्षेत्रमा हुन्छ । सर्जक कति इमान्दार छ आफ्नो पेशामा भन्ने कुरा प्रमुख हो भन्ने लाग्छ मलाई ।
तपाईंको सिर्जनाको आधार के हो ?
यही समाज, परिवेश, संस्कार, संस्कृति, प्रकृति, आममनहरूको कथाव्यथा र भोगाइ हरेक सर्जकका सिर्जनाका आधार हुन् र मेरो पनि ।
अहिलेको नेपाली गीत-संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?
व्यावसायिक हिसाबमा हेर्दा संकटकालीन अवस्था हो अहिलेको समय । तर, रोयल्टी व्यवस्थापनलाई राज्यले व्यवस्थित गर्यो भने नेपाली संगीत उद्योग धेरै समृद्ध बन्नेछ ।
पहिला-पहिला टिकाउ गीत संगीत बढी आउँथे, अहिले बिकाउ गीत संगीतको बजार छ । मानौँ, ब्राण्डेड हैन खासाको सामान बिकिरहेको छ । यस्तो हुनुको कारण सस्तो मनोरञ्जन नै हो जस्तो लाग्छ । मौलिक र उत्कृष्ट सिर्जनालाई जगेर्ना गर्नु दर्शक/श्रोताले बिर्सिरहनुभएको दायित्व हो ।
राम्रो गीत, राम्री युवती र मदिरा कुन रोज्नुहुन्छ ?
हा हा हा... निर्विकल्प राम्रो गीत ।
बजारमा राम्रा गीत-संगीतभन्दा ‘झुर’ले बजार तताइरहेको देख्दा कत्तिको ‘झोक’ चल्छ ?
सांगीतिक र साहित्यिक चेतनामा भरपर्ने कुरा पनि होला सायद । के हामी नेपालीको सांगीतिक टेस्ट यति झुर छ ? हाम्रो सांगीतिक र साहित्यिक चेतना ४०/५० दशकको भन्दा अझ उकासिनुपर्ने हैन ? के ओजनदार गीतहरू बनाउनु फजुल हो ? यस्तै-यस्तै प्रश्न प्रतिप्रश्नले लखेट्छन् बेला-बेलामा हा हा हा....।
हिजो र आजका गीत/संगीतमा कत्तिको फरक पाउनुहुन्छ ?
पहिला-पहिला टिकाउ गीत संगीत बढी आउँथे, अहिले बिकाउ गीत संगीतको बजार छ । मानौँ, ब्राण्डेड हैन खासाको सामान बिकिरहेको छ । यस्तो हुनुको कारण सस्तो मनोरञ्जन नै हो जस्तो लाग्छ । मौलिक र उत्कृष्ट सिर्जनालाई जगेर्ना गर्नु दर्शक/श्रोताको बिर्सिरहनुभएको दायित्व हो ।
गीत-संगीतका क्षेत्रमा रहेका गुट-उपगुटलाई कुनरूपमा लिनुहुन्छ ?
राजनीतिक संस्कारको प्रभाव हो सायद । जुन कुरा इमान्दार र साधना गर्ने सर्जक कलाकारका लागि हानिकारक छ । देशका लागि घाटा पनि ।
नेपाली गीत-संगीतलाई विश्व गीत-संगीतको दाँजोमा कहाँनेर पाउनुहुन्छ ?
प्रविधिको विकासले विश्व गीत-संगीत बजारमा पुग्न सहज त भएको छ । तर, हामीले हाम्रो मौलिक गीतमार्फत् हाम्रो पहिचान स्थापित गर्न धेरै काम गर्न बाँकी छ ।
यो क्षेत्रमा आउन चाहने नवप्रवेशीलाई के भन्न चाहनुहुन्छ ?
साधना, तपस्या र धैर्यतालाई मूल मन्त्र बनाउनुहोस् । नेपाली गीत संगीतलाई विश्व बजारमा स्थापित बनाउने क्षमता हाम्रो मौलिक साहित्य संगीतमा छ र यो जिम्मेवारी नवपिँढीले पूरा गर्न पनि सक्छ । यसमा हाम्रो साथ सधैँ हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच