दुर्लभ पंक्षी चिरकालिज लोप हुने अवस्थामा : संरक्षणमा चुनौति थपिँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 12 mins

म्याग्दी । पाँच वर्ष अघि म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहूँ हिदीको जंगलमा प्रशस्तै देखिएका दुर्लभ पंक्षी चिरकालीज यस वर्ष एउटा पनि भेटिएन ।

त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागका केशव चोखालले एकवर्ष लगाएर म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पुगेर गर्नुभएको अनुसन्धानबाट पाँच वर्ष अघि यहाँ करिव ६० वटा चिरकालिज पाइएकोमा उचित वातावरणको अभावका कारण अहिले ती चिरकाजिलहरु नभेटिएको बताउनुभयो ।

चिरकालिजमा निरन्तर अनुसन्धान गर्दै आउनु भएका चोखाल चिरकालीज संरक्षण अभियान लिएर कुहूँमा पुग्नुभएको हो । उहाँले कृषकको साथी चिरकालीज कृषकहरुबाट नै सुरक्षित हुन नसकेकोले लोप हुने अवस्थामा पुगेको हो भन्नुभयो ।

“विगत पाँच वर्ष अघिसम्म कालीगण्डकी नदिको पश्चिम क्षेत्रमा चिरकालीज प्रशस्तै पाइन्थे । म्याग्दी जिल्लामा गत वर्ष गरेको मेरो अध्ययन अनुसार डडुवा, थाइबाङ, हिदि, मुना, मुदी, खिबाङ लगायतका क्षेत्रमा चिरकालीज कम मात्रामा भेटिएको रेकर्ड छ”

कुहूँमा मात्रै होइन पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण यो पंक्षी जिल्लाका अरु ठाउँहरुबाट समेत लोप हुने अवस्थामा पुगेको छ ।

गत वर्ष कालीगण्डकी क्षेत्रको पश्चिमी भेगमा चोखालको नेतृत्वमा नै गरिएको अनुसन्धानमा पनि चिरकालिजको संख्या घटेको पाइएको थियो ।

“विगत पाँच वर्ष अघिसम्म कालीगण्डकी नदिको पश्चिम क्षेत्रमा चिरकालीज प्रशस्तै पाइन्थे । म्याग्दी जिल्लामा गत वर्ष गरेको मेरो अध्ययन अनुसार डडुवा, थाइबाङ, हिदि, मुना, मुदी, खिबाङ लगायतका क्षेत्रमा चिरकालीज कम मात्रामा भेटिएको रेकर्ड छ” अध्येता चोखालले भन्नुभयो “तर यस वर्ष भने चिरकालीजका लागि उपयुक्त मानिएको भूगोल (हिदी) मा नै चिरकालिज भेटिएनन् ।”

सिमित संख्या, निश्चित बासस्थान, न्यून प्रजनन क्षमता,बासस्थानको अभाव र अबैध चोरी सिकारीको कारण सरकारवाट सरक्षित पंक्षी चिर कालिज लोप हुने स्थितीमा पुगेको उहाँले बताउनुभयो ।

चिरकालीजको संरक्षण अभियान अन्तर्गत जंगलमा नै पुगेर गरिएको अध्ययन अनुसार ब्यापक रूपमा आगोलागी, बन्दुक हान्ने, पासो थाप्ने, कतिपय स्थानमा त चिरकालिजलाई मारेर निर्यात गर्ने गरेको समेत पाइएको अनुसन्धानकर्ता चोखालले बताउनुभयो । “एक वर्ष अघि चिरकालीज भेटिएको स्थानमा समेत अहिले भेटिएन”चोखालले भन्नुभयो “चिरकालिजको बासस्थानमा जङ्गल बिस्तार भएको छ,तर त्यहाँ चिरकालीज छैन ।” व्यापाक रुपमा भैरहेको जंगल विस्तार पनि चिरकालीज संरक्षणमा अर्को चुनौती भएको उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले पर्यापर्यटनको विकास जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तुको संरक्षणका लागि पनि चिरकालिजको संरक्षण आवश्यक रहेको र कार्यालयले विभिन्न वन समूहका उपभोक्ताहरुलाई सचेत गराउने,समूहगतरुपमा सचेतना कार्यक्रम संचालन गर्ने लगाएतका कामहरु गर्दै आएको बताउनुभयो ।

गत वर्ष कुहूको माथिल्लो भिर,थाइबाङको भिर र तातोपानी माथिको भिरमा चिरकालिज भेटिएकोमा अहिले ती ठाउँहरुमा एउटा पनि नभेटिएको उहाँले बताउनुभयो । चिर सरक्षणमा जिल्ला बन डिभिजन कार्यालयले पहल गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । भौगोलिक रूपमा चिर लोप हुदै जानु गम्भीर विषय भएको उहाँको भनाइरहेको छ ।

चिर कालिजको सरक्षणको लागि निरन्तर डिभिजन वन कार्यालयलाईृ अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको उहाँले गुनासो राख्नुभयो ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले पर्यापर्यटनको विकास जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तुको संरक्षणका लागि पनि चिरकालिजको संरक्षण आवश्यक रहेको र कार्यालयले विभिन्न वन समूहका उपभोक्ताहरुलाई सचेत गराउने,समूहगतरुपमा सचेतना कार्यक्रम संचालन गर्ने लगाएतका कामहरु गर्दै आएको बताउनुभयो ।

यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ । नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको भू–भागमा पाइने डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख रानाभाटले जानकारी दिनुभयो ।

सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । उहाँले भन्नुभयो, “यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता रहेको पाइन्छ ।” यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

म्याग्दीमा चिर सरक्षणको लागि समुदायमा सहभागितात्मक कार्यक्रम सुरु गरेर चिर सरक्षण अभियान सुरु गरिएको अभियन्ता चोखालले जानकारी दिनुभयो ।

स्थानीय वासिन्दाहरुका अनुसार केही वर्षअघिसम्म यहाँका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ ।

त्रिभुवन विश्वविद्यालय बिज्ञान तथा प्रबिधि अध्ययन सस्थानको सहयोग र सहकार्यमा म्याग्दीमा चिर कालिजको अबस्था बारे थप अध्यन र स्थानीय समुदायलाई सहभागी गराएर समुदायसंग चिर कालिज सरक्षण कार्यक्रम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय वासिन्दाहरुका अनुसार केही वर्षअघिसम्म यहाँका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । अवैधरूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतना अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको मंगला गाउँपालिका १ कुहूँका प्रेमबहादुर राम्जालीले बताउनुभयो ।

बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो । चिरकालिजको अवस्था, बासस्थान, सङ्ख्या र लोप हुनाको कारणबारे अनुसन्धान भने हुन सकिरहेको छैन । ‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु चराको नामले चिनिने गरिएको पाइन्छ ।

भिरमा नै बासस्थान बनाउने यो पक्षीले एक पटकमा सात देखि १५ वटासम्म फुल पार्ने गरेको अनुसन्धानकर्ता चोखालले बताउनुभयो । “चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वत सँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट देखिएको छ” उहाँले भन्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको भए पनि यस क्षेत्रमा यसको थप अनुसन्धान र खोज हुन नसकेको वन डिभिजन कार्यालयका प्रमुख रानाभाटले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता खोज तथा अनुसन्धानको काम राष्ट्रियस्तरबाटै सञ्चालन हुन जरुरी देखिन्छ ।”

अनुसन्धानकर्ता चोखालका अनुसार चैत वैशाखमा चिर कालिजको प्रजनन क्रिया सुरु हुन्छ । सोही समय जंगलमा डढेलो लाग्नुका साथै अन्य वातावरणीय असन्तुलनका समस्याहरु देखिने हुँदा वर्षेनी दुर्लभ मानिएका चिर कालिजहरु घट्दै जाँदा लोपोन्मुख अवस्थामा पुगेका हुन् ।

म्याग्दी जिल्लामा यो पक्षी कालीगण्डकी, म्याग्दी नदी र रघुगंगाको तटीय क्षेत्रमा पनि पाइएको तर पछिल्लो समय चिर कालिजको संख्या घट्दै गएको अनुसन्धानकर्ता चोखालले बताउनुभयो । “वन कार्यालयले स्थानीय समुदायको सहभागीतामा चिर सरक्षण कार्यक्रम ल्याउन पर्छ” चोखालले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?