‘१७ बर्षिया किशोरीमाथि पटक–पटक बलात्कार गरी गर्भ रहेपछि गर्भपतन गराउन नमान्दा हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।’
बैतडी । बैतडीमा बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नै भतिजिमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा ३० वर्षका व्यक्ति पक्राउ परेका हुन् ।
बैशाख ३ गते इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर सरोज कुमार ठकुराठीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका ति ब्यक्तिलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ ।
विवाहित बालिका चैत्र २६ गते हराएकी थिइन् । बालिकाका माइती पक्षले बालिका हराएको जाहेरी दिएपछि प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको थियो ।
१७ वर्षिया किशोरीमाथि बलात्कार पछि हत्या गरेको आरोपमा युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
मृतकको बुवाबाट हाडनाता करणी र कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी परेपछि सोमबार प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीको टोलीले पुर्चौडीबाट ती युवकलाई नियन्त्रण लिएको उहाँले बताउनुभयो ।
पुर्चौडी नगरपालिका–४ रातामाटाकी किशोरी चैत्र २८ गते जंगलमा मृत फेला परेकी थिइन् । तीनदेखि बेपत्ता किशोरी मृत फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीको टोलीले घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानबाट काका नाता पर्ने ती युवकले ललाईफकाइ धाकधम्की दिएर पटकपटककाे बलात्कारपछि किशोरी गर्भवती भएकी खुलेको छ ।
डडेल्धुरा अस्पतालमा गरिएको पोष्टमार्टमा किशोरीको पेटमा १८ हप्ताको गर्भ फेला परेको प्रहरीले जनाएको छ । गर्भपतन गर्न नमानेपछी जंगलमा लगेर हत्या गरेको खुलेको छ ।
पुर्चौडी स्वास्थ्य चौकीमा गर्भपतन गराउने प्रयास असफल भएपछि काकाले ढुंगलाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता खेमबिक्रम केसीले बताउनुभयो । अभियुक्त युवकको घरमा तीन ओटा श्रीमती समेत रहेको बुझिएको छ ।
मृतक किशोरीको गत वर्ष मात्रै बिहेको भएको थियो । उनका श्रीमान रोजगारीको शिलशिलामा भारतमा छन् । अभियुक्त माथि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच