
पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र ‘ए’ डिभिजन टोली थ्रीस्टार क्लब भिड्ने भएका छन् । आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार माघ ९ गतेबाट सुरु हुने प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबले खेल्नेछन् । यस्तै, माघ ११ गते मच्छिन्द्र क्लब र जावलाखेल युथ क्लब र नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच माघ १२ गते प्रतिस्पर्धा हुनेछ ।
साबिक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वाटरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको २३औँ संस्करणको फाइनल माघ २० गते हुनेछ ।
गत वर्ष फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई हराउँदै संकटाले उपाधि जितेको थियो । त्यतिबेला विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।
राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गर्नुभएको छ । यस्तै म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरू सहारा युकेद्वारा सौजन्य हुने प्रतियोगितामा डेढ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । २३ वर्षदेखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा बचत हुने रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच