इलाम । नेपाल भारतको सीमामा रहेको इलामको पशुपतिनगरमा यातायत ब्यवस्था सेवा कार्यालयको सेवा केन्द्र स्थापना भएको छ ।
भारतीय सवारीलाई नेपाल प्रवेशमा सहज बनाउनका लागि कार्यालयको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र संचालनमा ल्याइएको हो ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहने गरी आईतवार बाट सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र संचालनमा ल्याइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गर्नु भएको छ । प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँचसय १० रुपियाँ र मोटरसाईकलको दुई सय १० रुपियाँ राजस्व लिने ब्यवस्था गरेको छ ।
यो केन्द्र स्थापमासंगै भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा सहज हुनेछ ।
यता यातायत ब्यवस्था सेवा कार्यालय इलामका कार्यालय प्रमुख छवि खतिवडाले भारतीय सवारीले पटके काट्ने तथा नेपालकै पनि रुट पर्मीट भएका सवारीले अन्यत्र जादा पटके काट्न उक्त केन्द्रबाट सकिने बताउनुभयो । भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजश्व बुझाउने ब्यवस्था गरीएको छ ।
इलामको पशुपतिनगरमा सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच