काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन् । आज भैरहवा क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुदै छ ।
त्यस्तै अर्को खेल टियु मैदानमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र कर्णाली प्रदेशबीच हुदै छ ।
अहिलेसम्म पीएम कपको अंकतालिकामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन् । सुदूरपश्चिम र पुलिस क्लबले आफ्ना ३(३ खेल जितेर ६/६ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले ५/५ खेलमा ३/३ खेल जितेर ६/६ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् । त्यस्तै एपीएफ क्लबले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबले ४ खेलमा २ अंक हासिल गरेर ४ अंकसहित छैटौं स्थानमा रहेको छ ।
त्यस्तै कर्णाली प्रदेश ४ अंकसहित सातौं स्थानमा छ भने गण्डकी प्रदेशले ४ खेलमा एक जितसहित २ अंक हासिल गर्दै आठौँ स्थानमा छ । त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र नवौं स्थानमा छ कोशी प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच