रित्ता घर [फोटोफिचर]

सुरेन्द्र थापा
Read Time = 3 mins

धादिङ । धादिङको धुनिबेशी नगरपालिका प्रत्येक गाउँमा सडक पुगेको छ । गाउँका घर–घरमा पक्की सडक पुगेपनि गाउँ रित्तिने क्रम रोकिएको छैन । विस्तारै सुनसान बन्दै छ गाउँ ।

पक्की सडक पुगेसँगै किनाराका पुराना कच्ची घर एक्लो बनेका छन् । कति घर भत्काइए, कति घर जसोतसो अडिएका छन् । पुराना काठका ढोका लाग्ने पसलहरु कहिकतै मात्र भेटिन्छन ।

पक्की सडकको छेउमा कच्ची घर सङ्गै पक्की घर पनि छन् । सडक किनारामा मानिस भेटिदैनन् । चिल्ला सडक छन् तर सुनसान ।

यो धादिङको धुनिबेशी नगरपालिका भित्रका सडक आसपासमा खिचिएका केही तस्विर हुन् । धादिङ र यी घर प्रतिनिधि घर र सडक मात्रै हुन् । नेपालका धेरै गाउँमा सडक छन तर मानिस छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?