राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यास हुँदै

सेना र प्रहरी लगाएर शान्ति सुरक्षा भंग गर्नु षड्यन्त्रपूर्ण : जनमत

हिमालय टाइम्स
Read Time = 5 mins

राजविराज। जनमत पार्टीको विरोधकाबीच आज सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास हुँदै छ ।

राजविराज नगरपालिका १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास हुन लागेको छ ।

आज जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्रीले संयुक्त रुपमा भवन शिलान्यास गर्ने कार्यक्रम छ। मुख्यमन्त्री सरोजकुमार यादवले आजैको मितिमा १२ बजेर ४० मिनेटमा शिलान्यास गर्ने निर्णय गरेकाले शिलान्यास हुने बताउनु भयो ।

शिलान्यासका लागि जसपाका नेता कार्यकर्ता, मधेशका मुख्यमन्त्रीसहित जसपाका मन्त्रीहरु राजविराज पुगेका छन् ।

जनमत पार्टीबाट मधेश प्रदेशमा शिक्षामन्त्री रहनुभएको महेश प्रसाद यादवले आइतबार विज्ञप्ति जारी गरी भवन शिलान्यास कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभएको थियो ।

यता मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवबाट गराउने तयारी भएपछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चर्को विरोध गर्दै आउनु भएको छ ।

जनताबाट तिरस्कृत पात्र (निर्वाचन हारेका) बाट उक्त विश्वविद्यालयको भवन शिलान्यास गराउन नहुने जनमतको अडान छ ।

जनमत पार्टीले विभिन्न ७ बुँदे माग राख्दै आइतबार कृषि विश्वविद्यालयमा तालाबन्दी समेत गरेको अवस्था छ । कृषि विश्वविद्यालयलाई कुनै पार्टी विशेषको निजी सम्पत्ति बनाएर भ्रष्टाचार र गैरकानूनी हर्कत भएको भन्दै जनमतले आइतबारदेखि आन्दोलनसहित विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।

शिलान्यासको तयारी भइरहेका बेला आजै अध्यक्ष रावतको सचिवालय एक विज्ञप्ति जारी गर्दै सेना र प्रहरी लगाएर जसपा अध्यक्षद्वारा नै शिलान्यास गराउने षड्यन्त्र रच्नु, सप्तरीका जनतामाथि दमन गर्नु, सप्तरीको शान्ति सुरक्षा भंग गर्नु षड्यन्त्रपूर्ण रहेको आभाष भएको बताएको छ ।

‘राष्ट्रिय सभाको मुखमा निर्वाचन आचारसंहिता विपरीत, मधेश सरकारको शिक्षा मन्त्रालयको आधिकारिक निर्णय विपरीत, सिनेट र वैधानिक प्रक्रियाको विपरीत, शान्ति सुरक्षाको विपरीत, जनताले चलाइराखेको आन्दोलनको विपरीत, जनताको चाहनाको विपरीत भएर पनि यो गैरकानूनी गैरवैधानिक कार्यक्रम स्थगन गर्नुको साटो प्रहरी प्रशासनले (सिडिओ, एसपीले) जबरजस्ती सेना र प्रहरी लगाएर जसपा अध्यक्षद्वारा नै शिलान्यास गराउने षड्यन्त्र रच्नु, सप्तरीका जनतामाथि दमन गर्नु, सप्तरीको शान्ति सुरक्षा भंग गर्नु षड्यन्त्रपूर्ण रहेको आभाष हुन्छ। सप्तरीमा दंगा फैलाउनका लागि नै यो सब भइरहेको स्पष्ट भइराखेको छ।’ विज्ञप्तिमा भनिएको छ ।

यादव र राउतको टकराव चलिरहँदा हिजो पनि रावतको सचिवालयले उपेन्द्र यादव लक्षित आक्रोश पोखेको थियो ।
सचिवालयले गौर-नरसंहार गरेर दर्जनौंको निर्मम हत्या गरेको मान्छे सप्तरीमा दंगा मच्चाएर हत्याहिंसा गर्न किन आउनु पर्ने ? भन्दै प्रश्नसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?