काठमाडौं । बसे पनि शहर, गाउँको खाने रहर, स्वादका लागि होइन स्वास्थ्यका लागि खाऔँ भन्ने नाराका साथ मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको स्थानीय उत्पादन र मौलिक परिकार (चौरासी व्यञ्जन) मेला सम्पन्न भएको छ । जैविक विविधता तथा माघे संक्रान्तिका अवसरमा आयोजित साताव्यापी कार्यक्रम उद्घाटन कृषि तथा पशुपन्छीमन्त्री बेदुराम भुसालले गर्नुभएको थियो भने मेलाको समापन सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्नुभएको थियो ।
मेलाको समापन गर्र्दै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले देशको आर्थिक समृद्धि कृषिको उत्पादन र बजारीकरणमा भएको बताउनुभयो । डिग फर नेपालले विद्यार्थी परिचालन गर्दै कृषिको उत्पादन र मौलिक बजार तथा मौलिक भान्छाघरले कृषि तथा मौलिक उत्पादनको बजारीकरणका लागि सुरु गरेको प्रयास निकै सकारात्मक रहेको उहाँले बताउनुभयो । महासंघ अध्यक्ष ढकालले एक पालिका, एक उत्पादन ब्राण्डिङ गर्न र स्थानीय उत्पादनको परिकार बनाउने मौलिक बजारको प्रयास निकै सराहनीय रहेको भन्दै स्थानीय उत्पादन प्रवद्र्धनमा जोड दिनुभयो । वाणिज्य सचिव नारायण दुवाडीले मौलिक भान्छा तथा बजारको सिर्जनशीलतालाई सरकारको नीतिमा जोड्नुपर्ने बताउनुभयो ।
माघ १ गतेदेखि ७ गतेसम्म सञ्चालित मेला करिब एक हजारले अवलोकन गरेको मौलिक बजार तथा मौलिक भान्छाघरका सञ्चालक सुमन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा सात प्रदेशका १५ पालिकाले आफ्नो विशेष उत्पादनसमेत प्रदर्शनीमा राखेका थिए । मेलामा सात प्रदेशका विशेष परिकार र ८४ व्यञ्जनका साथै सांस्कृतिक कार्यक्रम पनि सञ्चालन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच