काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
सामाजिक अभियन्ता युवराज पौडेल (सफल) ले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे समक्ष मंगलबार उजुरी दिनुभएको हो।
रास्वपा सभापति लामिछाने ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा मुछिएको र त्यसको छानविन गर्न माग गर्दै उजुरी परेको हो ।
पौडेलले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सभामुख देवराज घिमिरेलाई छानविनको माग गर्दै उजुरी दिनुभएको हो।
लामिछाने ग्यालेक्सी फोर के टेलिभिजनको सञ्चालक हुँदा सहकारीको ५२ करोड रुपैयाँ लगानी भएको उजुरीकर्ताको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच