काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि धरान गल्फ क्लबमा सुरू हुँदैछ । तीन दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ ।
प्रतियोगितामा ३० प्रोफेसनल र १० एमेच्योर गल्फरले भाग लिने निश्चित भएको नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन एनपिजिएका महासचिव दीपक आचार्यले बताउनुभयो । मंगलबारसम्म नाम दर्ता गर्ने समय रहेकाले सहभागी संख्या बढ्न सक्नेछ । काठमाडौंबाहिर हुने दुई प्रतियोगितामध्ये सूर्य नेपाल इस्टर्न ओपनमा धरानका पाँच प्रोफेसनल गल्फरको सहभागिता रहनेछ ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई घरेलु कोर्समा उपाधि रक्षा गर्ने कोसिसमा रहनुहुनेछ । यो सिजन उत्कृष्ट फर्ममा रहनुभएका तथा सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापती पनि प्रमुख दाबेदार हुनुहुन्छ । यस्तै, भुवन नगरकोटी, जयराम श्रेष्ठ, निरज तामाङ, सञ्जय लामा, धन थापा पनि दाबेदार खेलाडी हुनुहुन्छ । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् । यो पटकदेखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका दुई उत्कृष्ट एमेच्योर खेलाडी सुवास तामाङ र सद्भाव आचार्यले सहभागिता जनाउनुहुने छैन । सुवास भारतीय गल्फ टुरको क्यु-स्कुलको तयारीमा रहँदा सद्भाव बंगलादेश ओपनमा सहभागी हुनुहुनेछ ।
कुल आठ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले एक लाख ४० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन् । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच