इलाम गोल्डकप :लुम्बिनीलाई टाइब्रेकरमा पराजित गर्दै पाँचथर सेमीफाइनलमा

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । पाँचथर फुटबल क्लब इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा बुटवल फुटबल क्लब लुम्बिनीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै पाँचथरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट २-२ गोलको बराबरी भएपछि टाइब्रेकरको आधारमा विजेता निर्धारण गर्नुपरेको थियो । टाइब्रेकरमा पाँचथरका अशोक खवास, सुनिल खड्का, मञ्जिल खड्का र रोमन भुजेलले जाली चुमाए । सिमान्त थापाको प्रहार बुटवलका गोलकिपर मोहम्मद मोस्सीले बचाउ गरेपनि जितका लागि पर्याप्त भएन ।

बुटवलका चन्दन दास, विकास लामा र विदेशी खेलाडी मार्टिनले गोल गरे ।

खेलको पाँचौ मिनेटमा नै पाँचथरका कप्तान रोशन आङदेम्बेले हेडमार्फत पहिलो गोल गरेर अग्रता लिएपनि ३५ औं मिनेटमा बुटवलका तर्फबाट विदेशी खेलाडी स्टेफेन न्यामले गोल गरी बराबरीमा ल्याए । ३८ औं मिनेटमा पुनस् पाँचथरका सिमान्त थापाले गोल गरी अग्रता दिलाए ।

पहिलो हाफमा १ गोल अन्तरले पछि परेको बुटवलले दोस्रो हाफमा खेल सुधार गर्दै ५१ औं मिनेटमा बराबरीमा ल्यायो । पाँचथरका खेलाडीले पाउल बनाएपछि पाएको फ्रिकिकको अवसलाई सदुपयोग गर्दै बुटवलका विदेशी खेलाडी मार्टिनले गोल गरे ।

जितसँगै पाँचथरले अब फाइनल प्रवेशका लागि विहीबार हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब झापासँगको भेट पक्का गरेको हो । झापाले दोस्रो क्वाटर फइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई ३(० गोल अन्तरमा पराजित गर्दै समिफाइनल प्रवेश गरिसकेको छ ।
खेलको म्यान अफ द म्याच विजेता टिम पाँचथरका कप्तान रोशन आङदेम्बे घोषित हुँदै नगद पाच हजार प्राप्त गरे ।
बुधबार पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम र न्युरोड टिम (एनआरटी) बीच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ ।

रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता थियो । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?