लागुऔषधसहित एक जना पक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीकाे रामग्राम १८ धरमपुरमा बैरागनाथबाट खटिएको प्रहरी टोलीले लागु ओैषधसहित एक व्यक्तिलाई पक्राउ गरेकाे छ ।

आज दिउँसो अन्दाजी १ बजे साे ठाउँ स्थित भित्री सडक खण्डमा प्रहरीलाई शंका लागि लु ४४ प १५४२ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा उक्त लागु ओैषध फेला परेकाे हाे ।

रामग्राम नगरपालिका १५ डिगोल बस्ने अन्दाजी २४ वर्षका नुर मोहम्मद धुनियाले पछाडी बोकेको झोलाबाट प्रहरीले DIAZEPAM लेखेको १०० एम्पुल, HPENERGAN लेखेको १०० एम्पुल, NORPHENE लेखेको १०० एम्पुल र NITRAVET लेखेको २० पत्ता (६०० ट्याब्लेट) लागू ओैषध बरामद गर्याे ।

तत्पश्चात धुनियालाई तत्काल मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?