तारकेश्वरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, चार जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तारकेश्वरको जरंखुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बुधबार दिउँसो तारकेश्वर रुटमा चल्ने बसले मोटरसाइकललाई ठक्कर दिँदा जोगन्द्र प्रसाद गुप्ताको निधन भएको हो।

गम्भीर घाइते भएका उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनु भयो।

उहाँका अनुसार बसमा सवार चार जना सामान्य घाइते भएका छन्। दुर्घटना हुँदा बस खोलामा पुगेको थियो। बसलाई क्रेनको मद्धतले निकालिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयहरू आक्रोशित बनेका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?