काठमाडौं । टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को यही ११ माघमा हुने ३०औँ वार्षिक साधारणसभासँगै चयन गरिने नयाँ कार्यसमितिको कोषाध्यक्षमा डा.विमला दाहालले उम्मेदवारी दिनुभएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने टुर्गानको निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवारी दिनुभएकी दाहाल चाइनिज भाषाविद् हुनुहुन्छ । टुर्गानको इतिहासमै पहिलोपटक महिलाको उम्मेदवारी दिनुभएकी दाहाल अर्थशास्त्री पनि हुनुहुन्छ । उहाँ नेपाल सरकारको पाठ्यक्रमअन्तर्गत कक्षा ९, १०, ११ र १२ को ऐच्छिक चाइनिज विषयको पाठ्यक्रम तयार गर्ने काममा संलग्न हुनुहुन्थ्यो । दाहालसँग प्रभु लाइक इन्स्योरेन्सको सञ्चालकको रूपमा बसेर काम गरिसकेको अनुभव छ ।
आफूसँग भएको यस्ता विभिन्न अनुभव र क्षमतालाई अघि सारेर चुनावी मैदानमा उत्रिनुभएकी दाहालले आफू निर्वाचित भएपछि टुर्गानको गरिमालाई थप उचाइमा पु¥याउने अठोट गर्नुभएको छ । उनले टुर्गानको कोषाध्यक्षमा निर्वाचित भएर काम गर्नका लागि विभिन्न अन्य पदाधिकारी र सदस्यहरू सर्वसहमतीको आधारमा निर्विरोध निर्वाचित भए पनि सो निर्वाचनका लागि अध्यक्ष, महासचिव र कोषाध्यक्ष तीन पदमा मात्र चुनाव हुने भएको हो । अध्यक्ष, महासचिव र कोषाध्यक्षमा दुई/दुई जनाको उम्मेदवारी परेकाले यि तीन पदमा निर्वाचन नै हुन लागेको टुर्गान सचिवालयले जनाएको छ ।
टुर्गान सचिवालयका अनुसार अध्यक्षमा थानेश्वर देवकोटा र कुमार पुरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । महासचिवमा शंकर भट्टराई र टंक दुवाडी र कोषाध्यक्षमा डा.विमला दाहाल र रोहित फुयाँलको उम्मेदवारी परेको छ ।
टुर्गानको वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ, प्रथम उपाध्यक्षमा सुकदेव सिग्देल, द्वितीय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा र सचिवमा माधवराज श्रेष्ठको उम्मेदवारी परेको छ । यसैगरी, कार्यसमिति सदस्यहरूमा नारायण बुढाथोकी, राजेन्द्रराज बज्राचार्य, रामहरि तिमिल्सिना र सरस्वती घिमिरेको उम्मेदवारी परेको टुर्गान सचिवालयले जानकारी गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच