काठमाडौं । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदको लागि आज (बिहीबार) चुनाव हुँदै छ । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । १९ पदको लागि विभिन्न राजनीतिक दलका ५१ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्येक प्रदेशमा एक-एकवटा मतदानस्थल र सोही मतदान स्थलमा दुई–दुईवटा मतदान केन्द्र रहने गरी जम्मा सात मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराहृन ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।
यस निर्वाचनमा प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिहृन रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिहृन रहेको मतपत्रको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताहरूले मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने प्रमाण कागजात लिएर मतदान गर्न सक्ने आयोगले जनाएको छ ।
आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरू प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रमध्ये एक परिचय पत्रका आधारमा मतदान गर्न पाइने आयोगले जनाएको छ । यस निर्वाचनमा प्रदेश सभाका सदस्यका निम्ति सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिहृन रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिहृन रहेको मतपत्रको व्यवस्था गरिएको छ । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ ।
प्रदेश सांसद र स्थानीय तहका पदाधिकारीको मतभार ५३ र १९
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको मतभार नयाँ जनसंख्याअनुसार निर्धारण गरेको छ । निर्वाचन आयोगले प्रदेश सांसद र स्थानीय तहका पदाधिकारीको मतभार क्रमशः ५३ र १९ तय गरेको छ । २०७८ को जनगणनाको प्रतिवेदन आउनुअघि राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्यको मतभार ४८ थियो भने गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १८ रहेको थियो ।
राष्ट्रिय सभाका एकतिहाइ सदस्यहरूको पदावधि २०८० फागुन २० मा समाप्त हुन लागेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
यस्तो छ सात प्रदेशमा मतदाताको संख्या र मतभार
सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको नामावलीअनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्य तर्फको मतदाता संख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २७४ गरी जम्मा ३६७ जना मतदाता छन् । सो अनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार चार हजार ९२९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार पाँच हजार २०६ गरी जम्मा १० हजार १३५ मतभार छ ।
मधेश प्रदेशमा सदस्य तर्फको मतदाता संख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन् । सोअनुसार मधेश प्रदेशमा प्रदेशसभा सदस्यको मतभार पाँच हजार ६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार पाँच हजार ७३ गरी जम्मा १० हजार ७४४ मतभार छ ।
बागमती प्रदेशमा प्रदेशसभा सदस्य तर्फको मतदाता संख्या ११० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन् । जसअनुसार बागमती प्रदेशमा प्रदेशसभा सदस्यको मतभार पाँच हजार ८३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार चार हजार ५०३ गरी जम्मा १० हजार ३३३ मतभार छ ।
गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य तर्फको मतदाता संख्या ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १७० गरी जम्मा २३० जना मतदाता छन् । सोअनुसार गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार तीन हजार १८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार तीन हजार २३० गरी जम्मा ६ हजार ४१० मतभार छ ।
लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य तर्फको मतदाता संख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २१८ गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन् । सोअनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार चार हजार ६११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार चार हजार १४२ गरी जम्मा आठ हजार ७५३ मतभार छ ।
कर्णाली प्रदेशमा प्रदेशसभा सदस्य तर्फको मतदाता संख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १५६ गरी जम्मा १९६ जना मतदाता कायम भएका छन् । सोअनुसार कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यको मतभार दुई हजार १२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार दुई हजार ९६४ गरी जम्मा पाँच हजार ८४ मतभार छ ।
सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्य तर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन् ।
जसअनुसार सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यको मतभार दुई हजार ७५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार तीन हजार ३४४ गरी जम्मा ६ हजार एक सय मतभार छ ।
उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रतिमतदाता मतभार १९ रहेकाले आज हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार रहेको छ ।
सत्ता गठबन्धन र एमालेको मतभार कति ?
राष्ट्रिय सभाका रिक्त १९ सिटको लागि हुने निर्वाचनमा सत्ता गठबन्धनले साझा उम्मेदवार उतारेको छ । एमाले एक्लै मैदानमा उत्रिएको छ । तर, एमालेले पनि कोशी प्रदेशमा राप्रपासँग तालमेल गरेको छ । राष्ट्रियसभा निर्वाचनको अंकगणितलाई हेर्दा यसपटक एमालेले आफ्नो खाली हुने आठवटै सिट गुमाउने देखिएको छ । आगामी फागुन २० गते राष्ट्रिय सभामा नेकपा एमालेका आठ, नेपाली कांग्रेसका चार, माओवादी केन्द्रका तीन, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र स्वतन्त्रका एक–एक गरी १९ सिट रिक्त हुँदैछन् । रिक्त पदका लागि आज चुनाव हुन लागेको हो । निर्वाचनमा ५४९ प्रदेशसभा सदस्य तथा स्थानीय तहका १४ सय ९८ प्रतिनिधि गरी दुई हजार ४७ जनाले मतदान गर्दै छन् । प्रदेशसभा सदस्यको २९ हजार ९७ र स्थानीय तहका प्रतिनिधिको २८ हजार ४६२ गरी ५७ हजार ५५९ कुल मतभार कायम भएको छ ।
योमध्ये गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोसपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीसहितको मतभार ३८ हजार २१० छ । जबकि प्रमुख प्रतिपक्षी नेकपा एमालेको १७ हजार २६ छ । प्रदेशगत रूपमा पनि मतभारका हिसाबले एमाले सबैतिर कमजोर छ । कोशी प्रदेश सभामा ठूलो दल रहेको एमाले मतभारमा भने गठबन्धनभन्दा पछाडि छ । यहाँ गठबन्धनको ५४ सय ७४ मतभार रहँदा एमालेको ४२ सय १० छ । यस्तै, मधेशको मतभारमा एमाले गठबन्धनभन्दा ५६ सय ७७ मतले पछि छ ।
मधेशमा गठबन्धनको सात हजार ९८० तथा एमालेको २३ सय तीन मतभार छ । बागमतीमा गठबन्धनको ६ हजार ७५१ तथा एमालेको २५ सय ७१ र गण्डकीमा गठबन्धनको ४६ सय २२ तथा एमालेको २४ सय ५८ मतभार छ । यसैगरी, लुम्बिनीमा गठबन्धनको ५३ सय ७१ रहँदा एमालेको २८ सय १०, कर्णालीमा गठबन्धनको ३७ सय सात तथा एमालेको ११ सय ९५ र सुदूरपश्चिममा सत्ता गठबन्धनको ४५ सय १० तथा एमालेको १४ सय ८० मतभार छ । मतभार हेर्दा सबै १९ वटै सिटमा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच