मुगुमा भाइरल ज्वरो, तीन जनाको मृत्यु

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 3 mins

मुगु । हिमाली जिल्ला मुगुको सोरु गाउपालिका वडा नम्बर ६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भएको छ ।

सिजनल ज्वरोका कारण एक साता यता मृत्यू हुर्नेमा सोरुगाँउपालिका वडा नम्बर ६ पुरुमुरु गाँउका बर्ष ७२ का हरि बहादुर शाही, बर्ष ७५ की कृती छत्याल र बर्ष २४ की कुशुम ढोली रहेका छन ।

पुरुमुरु,जिमा ,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च,लगाएतका दर्जन बढि बस्तीका घरघरमा ज्वरो,रुगाखोकि लाग्ने,श्वास फेर्न गार्हो हुने ,टाउको दुख्र्ने र नाक मुख सुख्या हुने जस्ता लक्ष्यण देखीने बिरामीहरु रहेका छन । बिरामीहरुले सिटामोल समेत नपाउदा थप बिरामीहरुको संख्या बढदै गएको हो ।

घरमा रहेकी माहीली बुहारीलाई १ हप्ता पहिले देखी रुगा,खोकी ,ज्वरो आउर्ने ,खाना खान मन नलाग्र्ने लक्ष्यण देखीए पछि पालीका केन्द्र नजिकै रहेको मेडिकलमा लगेर उपचार गरे , औषधी खाए पनि सन्चो नभएपछी मुगु जिल्ला अस्पताल लिदै गर्दा बुहारीको बाटो मै मृत्यु भयो । अहिले मलाई र घरमा भाई बुहारीलाई पनि रुगाखोकीले थला पारेको छ । नजिकको स्थानिय सरकार र अन्य कुनै पनि निकायले सहयोग नगरेको बिरामी सल बहादुर ढोलीले बताउनु भयो ।

गाँउभरी बिरामी छन । स्थानिय सरकार वडा र पालिकाबाट कुनै पनि निकायबाट औषधी नहुदा निकै समस्या भएको छ । स्वास्थ्य सस्था बिरामी लिएर जाम भर्ने बिरामी बोक्ने मान्छेको पनि समस्या छ । स्वास्थ्य सस्था ३ घण्टा टाढा छ एक जनालाई ७,८ सय रुपैया गाडि भाडा लाग्ने गरेको छ ।

वडा अध्यक्ष ,सदस्य ,पालिका अध्यक्ष बनाएका छौं अहिले कहाँ गएका छन घर घर गाँउ ,बस्ती बस्तीमा बिरामी धेरै छन । केही कर्मचारी हुर्ने खार्नेहरुले मेडीकलबाट औषधी किनेर उपचार गर्छन हामि आर्थिक नहुनेहरु कता जाउ स्वास्थ्य सस्था जाउ सामान्य सिटामोल पाइदैन । घरको जडिवुटीले सन्चो भए भयो नत्र मृत्यु वाहेक अर्को विकल्प छैन सोरुगाँउपालिका वडा नम्बर ६ जिमा गाँउका कर्ण जित बुमीले गरिबका दुखेसो सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?