मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

विजयी हुनेमा नेपाली कांग्रेसका आनन्द ढुंगाना र जसपाकी पूजा चौधरी हुनु हो ।

अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुनु हो ।

निर्वाचित ढुङ्गानाललाई प्रदेशसभाका ६७ सांसद र पालिकाका २०१ प्रमुखरउपप्रमुखले मतदान गरेका छन् भने चौधरीलाई प्रदेशसभाका ७६ सांसद र पालिकाका २०५ प्रमुखरउपप्रमुखले मतदान गरेका छन् ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा भएको मतदानमा १०७ प्रदेश सांसदमध्ये १०६ सांसद र १३६ पालिकाका २६७ प्रमुख–उपप्रमुखले मतदान गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?