राष्ट्रिय सभा सदस्य निर्वाचन : सत्ता गठबन्धनले १८ सिटमा जित्दा एक स्थानमा एमालेले मार्‍याे बाजी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ ।

बिहीवार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो ।

राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणी कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, वागमती प्रदेशबाट गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली काँग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित हुनुभयो । त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली काँग्रेसका पदमबहादुर परियार, नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा निर्वाचित हुनुभयो ।

लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली काँग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । यता सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेणु चन्द निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीवार मतदान भएको हो ।

जसमा नेपाली काँग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?