काठमाडौं । इसेवाले १५औँ वार्षिकोत्सवका अवसरमा आमग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियामक निकाय तथा शुभचिन्तकहरूमा आभार प्रकट गर्दै १५ दिने विभिन्न अफर घोषणा गरेको छ । १५औँ वार्षिक उत्सवका १५ अफरअन्तर्गत इसेवामार्फत् कुनै पनि कारोबार गर्ने एक भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् ।
त्यसैगरी एयरलाइन्स टिकट काट्ने १५ जनाले १५ सय १५ मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् भने इसेवा केयर खरिद गर्नेमध्ये एकजनाले १५ हजार रुपैयाँ क्यासब्याक पाउनेछन् । होटल बुकिङ गर्नेले १५ सय रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् । त्यसैगरी मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले एक सय ५० रुपैयाँसम्म क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीनजनाले पाँच हजारसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भन्नुभयो, ‘हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने आमइसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पाटनर्स बैंक, नियामक निकाय, कर्मचारी साथी, प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा इसेवाको मोबाइल एप्सलाई आममानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्सका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ, मलाई आशा छ, डिजिटल नेपालको यो यात्रामा आमनेपालीले साथ दिनुहुनेछ ।’ कम्पनीका अनुसार १५ वर्षको अवधिमा इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । यसैगरी परोक्षरूपमा करिब दुर्ई करोड जनसंख्याले इसेवामार्फत् सेवा लिइरहेका छन् । हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा इसेवा एजेन्टहरू रहेका छन् । इसेवाले केन्द्रीय कार्यालयसहित सातै प्रदेशबाट सेवा दिइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच