म र राजेन्द्र महतो मिलेर जान्छौः कांग्रेस नेता विमलेन्द्र निधि

हिमालय टाइम्स
Read Time = 2 mins

-पुरन साह
जनकपुरधाम । कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उपसभापती विमलेन्द्र निधीले निर्वाचनमा लोकतान्त्रिक शक्तिहरु मिल्नुको विकल्प नरहेको बताउदै लोसपालाई गठबन्धन र सरकारमा ल्याउनु पर्ने बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष शिव कुमार साहको अगुवाई र निजी आयोजनामा भारतको विभिन्न तिर्थस्थलको यात्रा गर्न गइरहेका तिर्थयात्रीहरुलाई जनकपुरधामको जानकी मन्दिरमा बिदाई गर्दै नेता निधीले यस्तो बताउनुभएको हो ।

लोसपालाई गठबन्धनमा ल्याउन यहाँले औपचारिक रुपमै प्रस्ताव गर्नु भयो त्यसो हुँदा तपाई र राजेन्द्र महतो मध्ये धनुषा ३ बाट चुनाव को लडने भन्ने विवाद हुदैन ? भन्ने प्रश्नमा निधीले भन्नुभयो, ‘मैले लड्ने निधो गरेको छु, महतो जी पनि मलाई यहाँ मसंग जित्नु भएको छ, वहाँ संग पनि सोध्नोस तर के छ भने गठबन्धन पछि हामी छलफल गरि मिलेर जान्छौं’

निधीले अगामि निर्वाचन र गठबन्धनको विषयमा आफुले महतो संग भेटेरै कुराकानी गरेको समेत बताउनुभयो । लोसपा गठबन्धन मात्र नभई सरकारमै पनि सहभागि हुनुपर्ने पक्षमा आफु र प्रधानमन्त्री देउवा समेत रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन भइसकेपछि म र महतो मध्ये चुनाव को लड्ने बारेमा एक अर्कालाई सहयोग गर्न सकिन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?