चिनियाँ उपमन्त्री नेपाल भ्रमणमा आउँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आउँदैछ ।

अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान ११ः ०० बजे नेपाल भ्रमणमा आउन लागेको हो ।

चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् । मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले बिहीबार त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । बङ्गलादेशमा नयाँ मन्त्रीपरिषद् गठन भएपछि चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण थियो । त्यसअघि उनले गत सोमवार माल्दिभ्समा पुगेर त्यहाँ राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?