चिनियाँ उपमन्त्री हेयानको टोली काठमाडौंमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ ।

सो प्रतिनिधि मण्डल माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेका हुन् ।

सो टोलीलाई विमानस्थलमा चिनियाँ राजदूतले स्वागत गर्नुभयो। त्यसक्रममा माओवादी नेतृ पम्फा भुषाल र नेता गणेश साह पनि उपस्थित हुनुहुन्थ्यो ।

उक्त प्रतिनिधि मण्डल चार दिनसम्म नेपाल भ्रमणमा रहने बताइएको छ । सो क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेतालाई भेटघाट गर्नुको साथै माघ १४ गते हुने एउटा राजनीतिक गोष्ठीमा सहभागी हुने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?