बर्दिया । बर्दियामा जेष्ठ नागरिकले सामाजिक सुरक्षा वापत बुझेको रकम लुटिएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ५ का ९४ वर्षिय धनिराम थारुको बृद्ध भत्ता रकम लुटिएको हो ।
वडाध्यक्ष शम्भुप्रसाद थारुका अनुसार वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता १२ हजार रुपैया बुझेर घरतर्फ जाँदै गरेको अवस्थामा सो रकम लुटिएको देखिएको हो । कसले लुटेको हो थाहा हुन नसकेको वडाध्यक्षले बताउनु भयो ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएपछि सामाजिक सुरुक्षाको भत्ताको रकम लिएर गएको कुमारी बैंकले जनाएको छ । स्थानियवासीका अनुसार रकम बुझे लगत्तै घरतर्फ जाँदै गरेका जेष्ठ नागरिकको सो रकम झुक्काएर लुटिएको बताइएको छ ।
प्रहरीले भने यस विषयमा उजुरी नआएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच