आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता सम्प्राप्तिखातिर आफू बलिदान भएर लोककल्याणार्थ लाग्ने अजर, अमर व्यक्ति शहीद हो भनेर नेपाली बृहत् शब्दकोषले अथ्र्याएको छ । भारत वर्षमा धेरै समयअघि शिवाजीका दूतले यस्तो प्रतिज्ञा गरेका थिए : ‘कार्यं वा साधयेयम्, देहं वा पातयेयम्’ अर्थात् कि काम सिद्ध गरिन्छ कि मरिन्छ, त्यही वाणीलाई आत्मसात् गरेर आफ्नो दैनिक गतिविधिमा क्रान्तिको ज्वार उत्पन्न गराउने सहज क्षमता भएका शूूरवीर महायोद्धाहरू नै प्रतापी पुुरुष वा शहीद भनेर बुझिन्छ । अन्याय, छलकपट र दमनविरुद्ध लड्न तयार हुनुुपर्छ भनेर जसरी गीतामा श्रीकृष्णचन्द्र भगवान्ले अर्जुनलाई आस्वस्त पार्दै निर्देश गरेका थिए : ‘हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् । तस्मादुत्तिष्ठ कौन्तेय युुद्धाय कृत निश्चयः’ ।
त्यही आदर्श अनुशरण गरी आफू, आफ्नो परिवार, धनसम्पत्ति, सुुखसुबिधा, ऐसआरामलाई तुच्छ सम्झिएर ‘यो माटाकोे तिलक लगाऔँ, जीवन हो बलिदानको’ भन्ने उदात्त भावनामा विदेशी उपनिवेश वा देशीय तानाशाह इति गरेर देश र जनतामा स्वतन्त्रताको रक्तसञ्चार गराउने विशाल छातीका प्रणवीर, रणवीर, कलमवीर क्रान्ति पुरुष नै शहीदको पगरीमा रङ्गिन सक्छन् । भीरबाट लडेका, जात्रामात्राको हुुलदङ्गामा सरिक भई आँखा चिम्लिएका, सीमित स्वार्थका लागि आतङ्ककारी हर्कत, अराजक वितण्डा मच्चाई सार्वजनिक सम्पत्ति स्वाहा बनाएका र यस्तै प्रकृतिका कुकाममा सरिकहरूलाई शहीदको पगरी गुुथ्नुु तथा गुुथाउने व्यवहार वास्तवमा शहीद शब्दको गरिमालाई अपव्यय गर्नुु हो ।
जनतालाई सम्प्रभुु वा जनार्दनमा रूपान्तर गर्न र विदेशी साम्राज्यवादी, उपनिवेशवादी तथा नव उपनिवेशवादीका हैकम पर्गेल्न चालिएको महाअभियानमा आपूmलाई समाहित गराउने मुुक्तिकामी लडाकाहरू नै यथार्थमा शहीद हुनसक्दछन् । तर, कतिपय देशहरूमा देशका सपूूतजनले आपूmलाई बलिवेदीमा होमेर जनसंप्रभुता स्थापना गरे पनि अदक्ष, लोभी, पापी र अकुशल नयाँ शासकहरू पहिलेकै नादिर शाहका नयाँ संस्करण बनी युुद्धवीरका पूूर्ण क्रान्तिलाई रसातल र पाताल पुुर्याएका नमीठा दृष्टान्तहरू केही मुलुकमा दृष्टिपटलभित्र ठुुङमार्न आइपुुग्छन् ।
वेदका पावन ऋचा पढेर वागमतीमा नुहाई आफैँले फाँसीको डोरी गलामा मालाझैँ निर्धक्कसित लगाएर नेपाल माता र प्रजातन्त्रको जयगान गाउँदै हाँसीहाँसी महावीरत्व पाएका ती महापुरुष, कालजयी व्यक्तित्व कुनै स्वैरकल्पनाका लहडी पात्र थिएनन् ।
नेपाली जनक्रान्ति पनि पटक-पटक धोका खाएर कुुपात्रहरूका निरंकुश रवैयामा जनता सतिएको तीतो इतिहास छ । त्यसै भएर त भूूपी शेरचनले काव्यको भाषामा बोले :
ए मैले पिउँदा गाली गर्नेहरू ! पिएर त हेर पिउन कति गाह्रो छ !
ए शहीद बनेर जानेहरू ! जिएर त हेर जिउन कति गाह्रो छ !
हो आज यी पङ्तिहरू कति घतिला हृदय हल्लाउने र मगज खलबल्याउँने बनेका छन् । लखन थापादेखि शुुक्रराज शास्त्री, धर्मभक्त, गङ्गालाल, दशरथ चन्द, नेपालका भोल्टेर मानिने कलमे क्रान्तिका पुुञ्ज सुुब्बा कृष्णलाल, लक्ष्मीनन्दन चालिसे, योगमायालगायत नालापानीमा लड्ने वीरवीराङ्गना तथा कयौँ अन्य महारथीका रगतलाई चौलानीमा परिणत गर्ने नादिरशाही प्रवृत्तिले जनमानस पटक–पटक हालाबाला बनिसके ।
अवसरवादी, निहित स्वार्थका गठजोडवादी, देश र जनताप्रति श्रद्धा र मायाको खडेरी परेका, सुशासनबाट बाह्र हात पर चिप्लिएका, जवाफदेहिता तथा पारदर्शितामा बेखबर बनेका निकृष्ट मुुठ्ठीभरका शासकहरू त्यसका मतियार, नाता, गञ्जक, आर्थिक प्रलोभनमा झाङ्गिएको अनर्थवादले योद्धाका बलिदानलाई गिज्याउनुुसिवाय केही गर्दोरहेनछ । प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्र आदि शब्दको आवरणमा चल्ने नेतातन्त्रले शब्दहरूको चीरहरण कसरी गर्दोरहेछ भन्ने कुरा आजका कैयौँ देशवासीले व्यथित बनेर भोगिरहेको कटुता चरम कष्टदायक छ ।
अब सन्दर्भ बदलौँ यस्तै अतिवादी राणाशासनको विकृतिविरुद्ध लड्ने फाँसीको सजाय पाएर झुण्ड्याइएका आफ्ना छोरा प्रातस्मरणीय शहीद शुक्रराजशास्त्रीलाई टेकुु पुुगेर ८२ वर्षीय पं.माधवराज जोशीले कत्ति पनि विचलित नभई भनेका वाणीले कुन देशप्रेमीको रगत तात्दैन र छाती उर्लदैन-: ‘स्याबास ! बाबुु, तिमी धन्य छौ ! तिमीले बुुबाको होइन देशको गौरव बढायौ, छोरो हुनुु त यस्तो पो हुनू !’ अनि विभिन्न आठ मुद्दा लगाएर जेलमा जाक्किएका शुुक्रराजलाई भेट्न जाने शुुभेच्छुक र तत्कालीन शासककाहरूका भरौटेले माफी माग र माग् भन्ने आबाजलाई गीता गङ्गामा चुुलुुम्म भएका अध्यवसायीले शान्त मुद्रामा यसरी बोलिदिए–ः ‘मर्नुु नै छ भने किन माफी माग्ने ? सबैले मृत्युको निमन्त्रणा स्वीकार गर्नै पर्दछ, सबैलाई मृत्युको बाटो जानै पर्दछ !’
वेदका पावन ऋचा पढेर वागमतीमा नुहाई आफैँले फाँसीको डोरी गलामा मालाझैँ निर्धक्कसित लगाएर नेपाल माता र प्रजातन्त्रको जयगान गाउँदै हाँसीहाँसी महावीरत्व पाएका ती महापुरुष, कालजयी व्यक्तित्व कुनै स्वैरकल्पनाका लहडी पात्र थिएनन् । यत्ति पनि छ्यानब्यान गर्न नसक्ने ढुकुुरे छातीका चुचुुरे मान्छेहरूसित आँखा जुधाएर किन प्रश्न नगर्ने ? के जनता, प्राज्ञ, समाजेवी कार्यकर्ता मात्र भाट, चारण र दास हुन सक्छन् ? यस्ता सबालहरू कैयौँका दिलदिमागभित्र अड्डा जमाएर बसेका छैनन् होला त ?
त्यति बेला वेदान्तमा शास्त्री पास, पञ्जाब विश्वविद्यालयबाट अङ्ग्रेजी भाषा साहित्यमा उत्कृष्ट अङ्क ल्याएर स्नातक गरेका, नेपाल भाषा र नेपाली भाषाका व्याकरणकार, वैदिक सन्ध्या कर्मविधि, ब्रहृमसूत्र शांकरभाष्य, वैदिक अग्निहोत्र, स्वर्गको दरबार, संस्कृत प्रदीप, शहीदके कलम से, आदि दर्जनभन्दा बढी कृतिका स्रष्टा जसको पहुँच नेपाली, अङ्ग्रेजी, हिन्दी, संस्कृत, नेवारी, पञ्जावी, मैथिली, भोजपुरी, अवधी आदि कयौँ भाषामा कलम चल्दथ्यो । त्यस्ता महापण्डित, कवि, नाटकार, चिन्तक, विचारक र भाषाविद्लाई एकतन्त्रीय सत्ताको उन्मादले रौँजति पनि नगन्नुु के देश र जनताका लागि निर्मम धोका होइन र ? त्यत्रो विद्वत्रत्न त शासकका राजनीतिक, आर्थिक, भाषिक र वाङ्मय क्षेत्रका अब्बल वास्तुकार बनाउनुपर्नेमा फाँसीमा लड्काएर घोर पाप गरेकैले नेपाल आजसम्म पनि अविकसित, दरिद्र, चिन्तनहीन देश बन्न पुुग्यो । ४७ वर्षमात्र बाँच्न पाएका यी बहुमुुखी प्रतिभाका दार्शनिक नेपालका सुुकरात नै थिए ।
३७ वर्षको ऊर्जाशील युवा वयमा नै निरंकुश राणाशासकको गोलीको उपहार पाएर सहादत प्राप्त गरेका सुुदूूरपश्चिम बैतडीका दशरथ चन्द सुुर्खेतमा टुँडिखेल बनाउने हक्की र समाजसेवी शेरबहादर चन्दका छोरा थिए । सुरुमा नेपालगञ्ज, अल्मोडा, कुमाउ, नैनीताल आदि ठाउँमा अध्ययन गरेका दशरथ पछिल्लो समयमा बनारसबाट मानविकी र समाजशास्त्रमा स्नताक उपाधि हासिल गरेका योग्यतम छात्र थिए । बनारस बस्दा ‘काशी नागरिक प्रचारिणी सभा’ मा सक्रिय रहेका यिनी महात्मा गान्धीद्वारा सञ्चालित सत्याग्रहमा उत्कृष्ट भूमिका निभाएका थिए । त्यसपछि उनी नेपाल फर्किएर आए । समय क्रममा नेपाल प्रजापरिषद् अध्यक्ष टङ्कप्रसाद आचार्यको सङ्गतले नेपालमा परिवर्तनकारी भूमिका खेल्ने केन्द्रीय पात्र बन्न पुुगे ।
लगत्तै सहयोगी शिवदत्त भट्टसँग उनी बर्मा र थाइल्याण्डमा गएर नेपालमा राणाशासनविरुद्ध सशस्त्र क्रान्तिको योजना बुन्न थाले । केही समयपछि कामको सिलसिलामा नेपाल आउँदा उनी पक्राउ परी थुनिए । लगत्तै नेपाल माताका होनहार सुुपुुत्र दशरथ चन्दलाई वि.सं. १९९७ माघ १५ गते शोभा भगवतीमा गोली हानेर उनको इहलीला क्रूर शासकहरूले पूूर्णविराम लगाए ।
नेपालमा जनताको तन्त्र ल्याएर आधुनिक नयाँ नेपालको सुनौलो सपना बोकेका नेपाल आमाका अर्का वरद पुत्र धर्मभक्त माथेमालाई निरंकुश राणाहरूले ३१ वर्षको हर्हराउँदो युवा वयमै फाँसीमा चढायो । दुुईपल्टसम्म फाँसी लगाएको डोरी चुँडिने र रूखको हाँगा लच्कँदा आततायीहरू तर्सिएर नरशमशेरको कमाण्डले बेहोस् हुनेगरी पिटी पुनः काठमाडौँको सिफल भन्ने डाउँमा झुुण्ड्याएर एक चम्किलो ताराको अस्त गराए । कलकत्ताको शारीरिक सुुगठन प्रतियोगितामा च्याम्पियन बनेका यिनको बङ्गाली नेता चित्तरञ्जन दाससित धेरै उठबस थियो ।
उनका पितालाई त्यो बेलाका उत्पीडक शासक जुुद्धशमशेरले नेपालबाट लखेटेका थिए । राणाहरूको दमदमीदेखि आक्रोशित धर्मभक्तले काठमाडौँ फर्केलगत्तै आफ्नो घर ओमबहालमा जिमखाना पनि चलाए । धेरै ठूलाबडाका छोराछोरीलाई उनले व्यायाम पनि सिकाए । पछि उनी राजा त्रिभुवनका खेलगुरु पनि बने । राणाहरूले निग्रानी गरिरहेका थिए । एकतन्त्रीय जहानियाँ शासकले यो होनहार खेल प्रतिभालाई पनि गाथगद्दी ताकेको आरोपमा फाँसीमै चढायो ।
शहीदका सुन्दर सपना विपनामा रूपान्तरण र आमनिराश जनतामा विश्वास जगाउन यहाँ ठूलै जनमुखी राजनीतिक महायज्ञको जरुरी छ । दक्षप्रजापतिको यज्ञले त त्यस्तो रूप लियो भने अदक्षहरूको यज्ञले के परिणाम लेला ! गम्भीर धीर र दायित्वशाली भएर सोचौँ ।
अर्का ऊर्जाशील मेधावी प्रतिभाका धनी लहलहाउँदा नवयुवा गङ्गालाल श्रेष्ठ रामेछापको भँगेरीमा १९७५ मा आँखा खोलेका थिए । २२ वर्षकै कलिलो बैँसमा एकतन्त्रीय हत्यारा शासकले गोलीको निशाना बनायो उनको भौतिक शरीरलाई । त्यतिखेरका चार शहीदमध्ये सहादत प्राप्त गर्ने उनी सबैभन्दा कान्छा क्रान्तिवीर थिए । तीन चार वर्ष भारमा पढेर नेपाल फर्किई दरबार स्कुलका छात्र बनी अध्ययन गरेका यिनी विसं १९९४ मा प्रथम श्रेणीमा एस.एल.सी.पास गरे । त्यति बेलाको प्रथम श्रेणी ठट्टाको कुरा थिएन । त्यसपछि त्रिचन्द्र कलेजमा विज्ञान विषयका अब्बल छात्रको रूपमा आफ्नो अध्ययनको क्षितिजलाई फराकिलो पार्दै गए । उनी निपूर्ण कलाकार पनि थिए ।
त्यतिखेर राणाविरोधी चेतना जगाउन महावीर भन्ने संस्था सक्रिय थियो, गङ्गालाल त्यसैका सदस्य बनेर ठाउँठाउँमा प्रवचन गर्दै हिँड्न थाले । प्रातस्मरणीय शुक्रराज शास्त्रीले आयोजना गर्नुभएको काठमाडौँको असन र इन्द्रचोकमा सम्पन्न बृहत्सभामा प्रखर वक्ता गङ्गालालले पनि दरिलो, जोसिलो भाषण दिए । तत्कालै उनलाई पक्रियो तर केही दिनमै छोडियो । पुनः कात्तिक १९९७ साल कात्तिक २ गते पक्राउ गरी उनलाई जेल राखियो । तर, विडम्बना ! १९९७ माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट उनकै घरछेउको बाटैबाटो लगी शोभा भगवतीमा नरपिशाचहरूले गोलीको निशाना बनाए ।
यसरी मातृभूमि र जनतालाई उन्मुक्ति दिने लक्ष्य राखेर समानता, स्वतन्त्रता र नागरिक सरकारको स्थापना गर्न कैयौँ नेपाल माताका सन्ततिहरूले आफूलाई बलिवेदीमा चढाए । मकैपर्वमा कलमको निप घोट्ने कृष्णलाल हुन् वा ‘नपुुङ्सक राणा’ भनेर परीक्षाको उत्तरपुस्तिकमा लेख्ने लक्ष्मीनन्दन हुन् अथवा नारी अधिकार र स्वतन्त्रताको मुद्दा उठाएर जलसमाधिजस्तो साहसिक अभियानको नायकत्व गर्दै तत्कालीन सरकारलाई चुनौती दिएर कोशीको भेलमा जलसमाधि लिने योगमायाहरूको नारीमण्डलीका दस्ता किन नहुन् सबै आधुनिक र नयाँ नेपालको सपना बुन्ने वीरवीराङ्गना हुन् ।
२००७ र त्यसपछिका क्रान्ति र आन्दोलनमा पनि कैयौँ नेपाल आमाका उम्दा छोराछोरीले देशको नवप्रवर्तन र प्रवर्धनमा रगतको होली खेलेको इतिहास ताजा छ । अतः गणतन्त्र नेपाल बने पनि लोकतन्त्रको डङ्का पिटे पनि प्रजातन्त्रलाई आचरणमा अनुवाद गर्न नसक्दा यहाँका मूलधारका दलहरू पक्षाघात लागेको रोगीजस्तै बनेका छन् । इतिहास नभएका क्रान्तिको पथमा मार्च नगरेका अवस्था फेर्ने नारा दिएर २०५१ पछिका सत्ताधारी विभिन्न दलका नेताहरूका कमजोरी, अक्षमता, कामउपन्थ, भ्रष्टाचार, नातावाद, डनतन्त्रलाई भँजाएर दलबाट विरक्तिएका जनमत तान्ने कोसिसमा लागे । जसअनुुसार केही प्राविधिक सफलता पनि हासिल गर्न पुुगेका छन् ।
जुन इतिहास बोकेका तर आचरणमा सामन्त अवशेष भएकाहरूकै व्यभिचारको प्रतिफल हो । यहाँसम्म कि एकताक त पुुरुष सांसदसमेतले महिला प्रसूतिभत्ता दन्काएर आभारै ताल निकालेको चर्चा पनि चल्यो । मूलधारका दलहरूमा चलेको आन्तरिक खिचलो, बासीतेसी परीक्षित खालेलाई नै अवसर दिने, चन्दादाताको नाममा धनाढ्य, नवकुुबेर र युवाहरूका नाममा उद्दण्ड बाहुुबली, समानुुपातिकमा नाता, भाट, दाता र दासलाई मौका दिने निकृष्ट प्रवृत्ति हावी भएको चर्को गुनासो उदाहरणसहित छ । यस्तो अनुत्तरदायी गैरजिम्मेदार, अपारदर्शी दुराचरणले देशको आर्थिक दशा, नैतिक मूूल्य, सांस्कृतिक गरिमा तथा शैक्षिक गौरव रौरवतिर हिँड्ने अवस्था आइसक्यो ।
यसैले शहीदका सुन्दर सपना विपनामा रूपान्तरण र आमनिराश जनतामा विश्वास जगाउन यहाँ ठूलै जनमुखी राजनीतिक महायज्ञको जरुरी छ । दक्षप्रजापतिको यज्ञले त त्यस्तो रूप लियो भने अदक्षहरूको यज्ञले के परिणाम लेला ! गम्भीर धीर र दायित्वशाली भएर सोचौँ । जनता दुहुन अब धेरै कठिन छ । शहीदको सपना साकार पार्न अवश्य नौलो राष्टिय दृष्टिकोणसहित सबैको बानीबेहोरा सप्रनुु अपरिहार्य छ । म मालिक अरू दास, म हात्ती मतदाता भुसुना भन्ने अहङ्कारी क्षुुद्र सोचमा विचारको बारुद पड्काउन सक्नुुपर्छ । समय बलवान् छ यसले कसैलाई माया गर्दैन पर्र्खदैन पनि । जय जय मातृभूमि नेपाल ! जय अमर शहीद ! जय प्रजातन्त्र ! समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच