‘विजय चालिसेका छानिएका कथा’ साहित्यकार विजय चालिसेद्वारा लेखिएका कथाहरूमध्येका केही उत्कृष्ट कथाहरूको सङ्ग्रह हो । यसको सङ्कलन र सम्पादन पुरुषोत्तम सुवेदीले गर्नुभएको छ भने यसको प्रकाशन तन्नेरी प्रकाशन काठमाडौंले गरेको छ । डिएमआई साइजको यस पुस्तकको यो पहिलो संस्करण हो जुन यही वर्ष अर्थात् २०८० सालमा आएको छ । यसको सर्वाधिकार लेखकमै रहेको छ भने कम्प्युटर सेटिङको काम चिरञ्जीवी खड्काबाट भएको छ । ए.पी.एस.प्रेस अनामनगर काठमाडौंबाट मुद्रण भएको यस पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू कमै मात्र पाइन्छन् । भूमिका खण्डका १६ र पाठ्य खण्डमा २५८ गरी पुस्तकमा जम्मा २७४ पृष्ठ छन् । यसको मूल्य १००० रुपैयाँ छ ।
पुस्तकमा तौलयुक्त, स्तरीय कागजको प्रयोग भएको छ । आवरणमा कथाकार विजय चालिसेको पूर्णपृष्ठको फोटो राखिएको छ । पृष्ठभूमि हल्का नीलो रंगको प्रयोग भएको छ । माथि ठूला अक्षरमा ‘विजय चालिसेका छानिएका कथा’ भनेर पुस्तकको शीर्षक राखिएको छ । पृष्ठ आवरणमा केही व्यक्तिहरूका यस पुस्तक र कथाकार चालिसेसम्बन्धी भनाइ दिइएको छ । यसरी यहाँ आफ्नो भनाइ राख्नेहरूमा डा.दयाराम श्रेष्ठ, मोहनराज शर्मा, राजेन्द्र सुवेदी, डा.रामदयाल राकेश र अमर गिरी हुनुहुन्छ । यस पृष्ठको अन्त्यमा पुस्तकको प्रकाशक तन्नेरी प्रकाशनको नाम उल्लेख गरेको छ ।
उहाँले विविध विषयलाई आफ्ना कथामा समेट्नु भएको छ । प्रेम, विद्रोह, प्रकृति, मानवता, मानवीय जीवनजगत, राष्ट्र र राष्ट्रियता, मनोविज्ञान, समसामयिक अनेकौं सन्दर्भलगायत विषय उहाँका यस पुस्तकमा सङ्गृहीत कथाहरूमा आएका छन् । उहाँले धेरैजसो व्यक्तिकेन्द्रित शीर्षक नै राख्नुभएको छ तर ती व्यक्तिहरूमा भने पार्थक्य पाइन्छ ।
पुस्तकको भूमिका खण्डमा सुरुमा ‘प्रकाशकीय’ रहेको छ र त्यसपछि ‘विषयसूची’ राखिएको छ । त्यसपछि पुस्तकका सम्पादक पुरुषोत्तम सुवेदीको ‘विजय चालिसेका छानिएका कथा’, तेजप्रकाश श्रेष्ठको ‘शुभकामना’, विजय चालिसेको ‘आभार’ छन् । त्यसपछि कथाहरूको क्रम छ । यस सङ्ग्रहमा उहाँका ४३ वटा कथा छन् । प्रायः छोटा शीर्षक राख्ने उहाँको प्रवृत्ति यहाँका कथाहरूबाट देखिन आएको छ । ११ वटा एक शब्दका, २० वटा दुई शब्दका, सातवटा तीन शब्दका, चारवटा चार शब्दका र एउटा पाँच शब्द रहेका शीर्षक भएका कथा पुशस्तकमा छन् ।
फैलावटका आधारमा हेर्दा उहाँका कथाहरू सालाखाला ६ पृष्ठको फैलावटमा छन् । कुनै कथा निकै छोटा छन् भने कुनै निकै लामा छन् । दुई तीन पृष्ठदेखि ११ पृष्ठसम्मका कथाहरू यस सङ्ग्रहमा समेटिएका छन् । ८, ९, १० र ११ पृष्ठको फैलावटका कथाहरूलाई लामा कथाको श्रेणीमा र दुई, तीन र चार पृष्ठका कथालाई छोटा कथा मानेर हेर्दा तिनको सङ्ख्या थोरै छ । बाँकी पाँच, छ, सात पृष्ठको फैलावटका कथाहरूको सङ्ख्या धेरै छ । त्यस अर्थमा कथाहरू मझौला आयामका हुन् भन्न सकिन्छ ।
यसरी हेर्दा उहाँका कथा प्रायः एकदेखि तीन शब्दकै शीर्षक रहेका पाइन्छन् । उहाँले विविध विषयलाई आफ्ना कथामा समेट्नु भएको छ । प्रेम, विद्रोह, प्रकृति, मानवता, मानवीय जीवनजगत, राष्ट्र र राष्ट्रियता, मनोविज्ञान, समसामयिक अनेकौं सन्दर्भलगायत विषय उहाँका यस पुस्तकमा सङ्गृहीत कथाहरूमा आएका छन् । उहाँले धेरैजसो व्यक्तिकेन्द्रित शीर्षक नै राख्नुभएको छ तर ती व्यक्तिहरूमा भने पार्थक्य पाइन्छ । त्यसो त उहाँको कथाकारिताका सम्बन्धमा कुनै फूलबुट्टा भरिरहनु पर्दैन । प्रसिद्ध आख्यानपुरुष रमेश विकलको सुपुत्र भएका कारणले मात्र होइन उहाँ आफैँ निरन्तरको साहित्यसेवी हुनुहुन्छ । उहाँका चार दर्जन जति पुस्तकहरूको प्राप्तिबाट नेपाली साहित्य लाभान्वित भइसकेको छ ।
उहाँ वरिष्ठ साहित्यकार त यसै हुँदैहुनुहुन्छ । साथै लामो समय पत्रकारिता गरेर केही वर्ष पहिले गोरखापत्रबाट सेवानिवृत्त वरिष्ठ पत्रकारसमेत हुनुहुन्छ । जीवनको वर्तमान चरणमा उहाँ पूर्णरूपमा साहित्यमै समर्पित भइरहनुभएको छ । उहाँ बालसाहित्यकारसमेत हुनुहुन्छ । बालकहरूलाई मध्यनजर राखेर उहाँले कही आख्यानहरू सिर्जना गर्नुभएको छ ।
नेपाली साहित्यको यस प्रकारको उचाइ प्राप्त साहित्यकार चालिसेका कथा विभिन्न पत्रपत्रिकामा छरिएर रहेका थिए । तिनलाई सङ्कलन गरी सङ्गृहीत गरिदिने यस पुस्तकका सम्पादक पुरुषोत्तम सुवेदी धन्यवादका पात्र हुनुहुन्छ । उहाँको प्रयासबाटै यो पुस्तक पाठकसमक्ष आउन सकेको हो । विजय चालिसेका छरिएका कथाहरू यसरी यो पुस्तकमा समेटिन आएका छन् । यसका लागि विजय चालिसेलाई बधाई । नेपाली साहित्यको यो एउटा महत्वपूर्ण प्राप्ति हो । यस प्रकारका प्रयास सम्पादक तथा साहित्यकार दुबैबाट फेरि-फेरि हुन सकून् हार्दिक शुभकाना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच