![चितवन राष्ट्रिय निकुञ्ज जंगल सफारी [फोटोफिचर]](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/banner-chitwan-nikunj.jpg)
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ ।
भृकुटीमण्डपमा सुरु भएको ‘छैठौं नेपाल एग्रीटेक’ प्रदर्शनीमा कम्पनीले ‘जैविक मल तथा उत्सर्जक’ नामक नयाँ उत्पादन सार्वजनिक गरेको हो । उक्त प्रडक्टले कृषि उत्पादन वृद्धि साथै बिरुवालाई पोषण मिल्ने छ ।
वर्तमान अवस्थामा बालीको उत्पादकत्व वृद्धिका लागि उचित मल तथा उत्सर्जकको अभाव देखिएसंगै बालीको उत्पादकत्व वृद्धि हुन नसक्दा कृषकहरुले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै उक्त उत्पादन लिएर आएको कम्पनीले जनाएको छ ।
कम्पनीले यस प्रडक्टमा बालीको सम्पूर्ण वृद्धि अवस्था (वनस्पति विकास, फूल फुल्ने र फल लाग्ने) चरणमा आवश्यक पर्ने पोषक तथा सूक्ष्म पोषक तत्त्वहरू रहेको पनि जानकारी गराएको छ ।
“कृषकसंग मुक्तिनाथ” र “उपभोक्तासंग मुक्तिनाथ” अभियानद्वारा “संस्थागत मूल्य शृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण” गर्दै नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले विसं २०७५ सालमा स्थापना भएको कृषि कम्पनीले विगत ५ वर्ष देखि कृषकहरुमा आफ्नो अभिमुखीकरण, प्रविधि प्रसार साथै उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक साधन तथा सेवाहरु आफ्ना व्यवसायिक साझेदारहरु मार्फत देशको ६९ भन्दा बढी जिल्लाहरुमा पुर्याउँदै आइरहेको छ।
वर्तमान देशको जनशक्ति विदेशिने अवस्था हेर्दै गर्दा कम्पनीले देशको कृषि क्षेत्रमा आशा बोकेर हिड्नु भएका कृषकहरु साथै देशका कर्णधारहरुलाई लक्षित गर्दै कृषि सम्बन्धि प्रविधि हस्तान्तरण गरि थप आवश्यक वस्तु तथा सेवाहरु उपलब्ध गराई देशको कृषि सम्बृद्धिमा योगदान गर्ने प्रतिबद्धता राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच